बलीउड दबंग गर्ल सोनाक्षी सिन्हाको सुरक्षाको लागि ८० जना जवान तैनाथ

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ४ माघ, २०७१

बलीउड दबंग गर्ल सोनाक्षी सिन्हाको सुरक्षाको लागि ८० जना जवान तैनाथ भएका छन् । बलीउडमा सेलिब्रेटिहरुको लोकप्रियताले बेलाबेलामा समस्या आइनै रहन्छ । केही समय पहिले बलीउड नायक शाहिद कपूर पनि चलचित्र हैदरको शुटिङको क्रममा फ्यानहरुको आक्रमणबाट घाइते हुन पुगेका थिए । सोनाक्षीलाई पनि प्रसंसकहरुको सम्भाबित आक्रमणबाट सुरक्षित राख्न यसरी सुरक्षाकर्मी राख्नु परेको हो । उनलाई ५० जना पुलिसकर्मी र ३० जना बाउसरले सुरक्षा दिइरहेका छन् । उनी यतिबेला पहिलो तामिल चलचित्र ‘लिंगा’को शुटिङमा व्यस्थ छन् । यस चलचित्रमा सोनाक्षी दक्षिण भारतीय चलचित्रका महानायक रजनीकान्तको साथ काम गरिरहेकी छिन् । रजनीकान्त र सोनाक्षीलाई हेर्नको लागि ठूलो संख्यामा भिड जम्मा भएकोले यसरी सुरक्षकर्मी तैनाथ गरिएको हो । रजनीकान्त यसअघि चलचित्र रोबोर्टमा ऐश्वर्या रायसँघ चलचित्रमा देखिएका थिए । एस रवि कुमार निर्देशित यस चलचित्र ‘लिंगा’मा सोनाक्षी सिन्हा, रजनीकान्तका अलवा दक्षिण भारतीय अभिनेत्री अनुष्का शेट्टीको पनि बिषेस अभिनय रहने छ । ए आर रहमानले चलचित्रको लागि संगीत तयार गरिसकेका छन् ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७