काठमाडौ । कुलमान घिसिङ्गलाई पुन नियुक्तिको बहस चलिनै रहेका बेला सरकारले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएको छ । नेपाल सरकार ऊर्जा मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो।

ऊर्जा मन्त्री वर्षमान पुनका स्वकीय सचिव दुर्गा चापागाईंले आजैदेखि शाक्यले पद सम्हाल्ने बताए। कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिएको थियो। त्यतिबेला शाक्य ‘एनइए इन्जिनियरिङ कम्पनी’मा काजमा गएका थिए।

ऊर्जामन्त्री पुनले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई काज फिर्ता गराउन निर्देशन दिएका थिए। अब अर्को व्यवस्था नहुन्जेलसम्म शाक्यले नै प्राधिकरणको नेतृत्व सम्हाल्ने छन्।

 

 

सम्बन्धित खबरहरु