काठमाडौ । अफगानिस्तानको गजनी प्रान्तमा भएको एक हमलामा परी ८ जना सर्वसाधारणको ज्यान गएको छ । उक्त प्रान्तको नवा अवाद भन्ने क्षेत्रमा भएको सो हमलामा परी ८ जना सर्वसाधारणको ज्यान जानुका साथै अरु करिब ७ जना गम्भीर रुपमा घाइते भएका बताइएको छ ।

 

नवा अवाद क्षेत्रको एक अवास क्षेत्रमा मोर्टार हमला भएको छ । त्यसमा परी सो क्षेत्रमा बसोबास गरिआएका ती नागरिकको ज्यान गएको बताइएको छ ।सो गजनी प्रान्तका प्रान्तीय प्रवक्ता जाहिदुल्लाह जुमाले जानकारी दिनुभएको छ । सो आवास क्षेत्रमा भएको मोर्टार हमलामा परेर त्यहाँ बसिरहेका ८ जनाको ज्यान गएको छ भने अरु ७ जना नराम्ररी घाइते भएका प्रवक्ता जुमाले बताउनुभएको हो ।

 

आइतबार साँझ सो क्षेत्रमा मोर्टार हमला भएको थियो । तर त्यो मोर्टार कसले र किन हमला गरेको हो भन्ने बारेमा भने केही पनि बताइएको छैन । तर पनि अफगानिस्तानमा हमला गरिरहेका तालिबानहरुले नै सो हमला गरेको हुनसक्ने यहाँका सुरक्षा निकायले दाबी गरेका छन् ।

 

यस हमलाको तालिबानहरुले भने कुनै जिम्मेवारी लिएका छैनन् । यस विषयमा उनीहरुबाट कुनै प्रतिक्रिया पनि आएको छैन ।

 

 

सम्बन्धित खबरहरु