काठमाडौं । के हुन्छ जब आफ्नै जन्मदिन मनाउने तयारीमा रहेका बाबुले छोराको लाश उठाउनुपर्छ । यस्तै दर्दनाक दृश्य अहिले बाहिर आएको छ । सबैलाई हराउँने एक कलाकारले यस्तो विछिप्त घटना भोग्नु परेको छ । भारतका चर्चित हास्य कलाकार र अभिनेता राजीव निगमको छोराको निधन भएको छ । राजीव निगमको छोरा देवराजको मृत्यु राजीवको जन्मदिन (८ नोभेम्बर) को दिनमा भयो ।

यस बारेमा उसले आफ्नो फेसबुकमा एक पोष्ट साझा गरेर जानकारी दिएका छन् । जसमा उनले आफ्नो छोराको बारेमा जानकारी दिएका हुन् । राजीव निगमले आफ्नो छोराको साथ फोटो साझा गर्दै लेखेका छन, ‘यो कस्तो अचम्मको उपहार हो ? मेरो छोरा देवराजले आज मलाई छोडे । जन्मदिनको केक न काटेरै । पागल यस्तो उपहार कोही दिन्छन् ।’

जानकारीका अनुसार देवराज केवल ९ बर्षको मात्र थिए । मिडिया रिपोर्ट अनुसार राजीव निगमको छोरा देवराज विशेष बच्चा थिए । पछिल्लो दुई वर्ष उनको स्वास्थ्य ठीक थिएन । सन् २०१८ मा सामाजिक सञ्जालमामा छोराको साथ फोटो साझेदारी गर्दै राजीवले क्याप्शनमा लेखे, ‘मेरो छोरा हिजो देखि एकदमै नाजुक छ, ऊ भेन्टिलेटरमा छ । तपाईं सबै उसको लागी प्रार्थना गर्नुहोस् कि उ छिट्टै निको होस् ।’

तर उनका छोरा १३ दिन पछि पनि ठीक भएनन् । उसले फेरि सामाजिक सञ्जालमा फ्यानहरूलाई छोराको लागि प्रार्थना गर्न लगाएका थिए । त्यस समयमा राजीव निगमले लेखेका थिए, ‘आज १३ दिन भइसक्यो, मेरो छोरा देवराजको अझै होस खुलेको छैन् । उनी आईसीयूमा छन् । उसलाई तपाईंको सबै प्रार्थनाहरू चाहिन्छ । भगवानले उसलाई निको पार्नुहोस् ।’

यद्यपि तीन महिना पछि उनको छोरोको स्वास्थ्यमा सुधार आएको थियो र उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको पनि थियो । यस वर्षको अगस्टमा निगमले आफ्नो बुवालाई पनि गुमाएका छन् । उनका बुबाको ७ अगस्तमा कानपुरमा निधन भयो ।

स्ट्यान्डअप कमेडियन राजीव निगमले धेरै कमेडी शो गरेका छन् । ऊ मूलतः उत्तर प्रदेशको कानपुरका हुन् । यस बाहेक, उनले मनोरन्जन उद्योगमा लेखकको रूपमा पनि काम गरिसकेका छन् । उनको परिवार अब पत्नी अनुराधा र छोरा यश राज रहेका छन् ।

सम्बन्धित खबरहरु