काठमाडौ । भारत मुम्बईको उच्च अदालतले भारतीय पत्रकार अर्नब गोस्वामीलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । गम्भीर प्रकृतीको मुद्दामा उनी अहिले हिरासतमा छन् । भारतको रिपब्लिक टेलिभिजनका संस्थापक समेत रहेका ४७ वर्षीय अर्नबलाई गतसाता हिरासतमा लिइएको थियो र १४ दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिइएको थियो ।

अर्नबमाथि उनको स्टुडियो डिजाइन गर्ने इन्टेरियर डिजाइनलाई जीवन छोड्नका लागि बाध्य पारेको आरोप छ । अर्नबले भने आफूमाथि लागेको सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

उच्च अदालतले सोमबार आफ्नो फैसला सुनाउँदै यो निर्णयविरुद्ध अर्नबले चाहेको खण्डमा अबको चार दिनमा उनी फैसलाविरुद्ध न्यायालयमा जान सक्ने बताएको छ । अर्नबले आफूलाई प्रहरीले असर हुने काम गरेको आरोप लगाएका छन् । यसअघि पक्राउ पर्दाखेरि नै उनले प्रहरीले आफूमाथि असर हुने काम गरेको बताएका थिए ।

त्यस्तै आइतबार साँझ पनि उनले प्रहरी भ्यानभित्रबाट चिच्याउँदै प्रहरीले आफूलाई असर हुने काम गरेको र आफ्ना वकिलसँग पनि कुरा गर्न नदिएको आरोप लगाएका थिए । उनलाई आइतबार कोरोना भाइरस (कोभिड–१९) को परीक्षणको नतिजा नेगेटिभ आएपछि क्वारेन्टिन केन्द्रबाट जेल लगिएको थियो ।

अर्नब गोस्वामीको यो मुद्दा यसअघि बन्द भइसकेको भए पनि महाराष्ट्र सरकारले हालै मात्र यो घटनामा थप अनुसन्धानको लागि निर्देशन दिएको थियो ।

सम्बन्धित खबरहरु