काठमाडौ । क्रामाकपा दार्जिलिङ आञ्चालिक कमिटीले ग्रहण गरिएको सांगठनिक अवस्थालाई ध्यानमा राख्दै गाउँ पसौ अभियान कार्यक्रम अनुरूप आज सोनादा इलाका अन्तर्गत लोवर सिडर्स शाखामा ट्रेड यूनियन, नारी मोर्चा, युवा मोर्चाका सदस्य सदस्यहरूलाई लिएर एउटा जिबी सभाको आयोजन गरिएको छ ।

सभाको सभापतित्व आर एल क्षेत्रीले गर्नु भयो भने, प्रमुख रूपमा क्रामाकपा केन्द्रीय सदस्य बिएम राई उपस्थित रहनुभएको थियो । अकबर चामलिङले सञ्चालन गरेको सभामा केन्द्रीय नेतृत्व नबु लामा, शेखर क्षेत्री, अरूण घतानीले सम्बोधन गर्नुभएको थियो भने नारी मोर्चाबाट केन्द्रीय सभापति बिन्दीया डुक्पाले पनि सम्बोधन गर्नुभयो ।

सभामा एसके राईले स्वागत भाषण शुरू गर्नुभयो भने क्रामाकपा दार्जिलिङ आञ्चालिक सभापति केबी राईले सभालाई सम्बोधन गरेको जानकारी अर्पण बान्तावा राईले दिनुभएको छ ।

सम्बन्धित खबरहरु