धार्मिक व्यूरो । कुनै पनि शुभ कार्य गर्दा सवैभन्दा पहिले भगवान गणेको पूजा गरिन्छ । मंगलाचरणको शुरुवात नै श्री गणेशाय नमः बाट शुरु हुन्छ । भगवान गणेशको पूजा गर्नाले सुख शान्ति र समृद्धि छाउने विश्वास गरिन्छ ।

धन तथा बैभवको हिसावमा मंगलबार शुभ मानिन्छ । मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने विश्वास गरिन्छ । सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले मंगलबारका दिन भगवान श्रीगणेश र रामभक्त हुनमानको पूजा उत्तम मानिन्छ ।

गणेशको पूजा विधि

शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ । जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा (प्रदक्षिणा) पर्दछन् । यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ ।

संकल्प

संकल्प गर्नुपूर्व हातमा जल, फूल वा अक्षता लिनुहोस् । सकंल्प जुन दिन पूजा गर्नुहुन्छ त्यो वर्ष, त्यो वार, तिथि त्यो ठाउँमा आफ्नो नाम लिएर आफ्ना इच्छाहरु प्रकट गर्नुपर्छ । त्यसपछि हातमा लिएको जल जमीनमा छर्किनुपर्छ ।

आह्वान

ॐ गं गणपतये नमः आव्हानयामि स्थापयामि । मन्त्र जपेर गणेशको मूर्तिमा अक्षता चढाउनुपर्छ । आह्वानको अर्थ गणेशलाई आफ्नो घरमा निम्ता गर्नु हो ।

आसन

भगवान गणेशलाई आह्वान गरिसकेपछि ॐ गं गणपतये नमः आसनार्थे पुष्पाणि समर्पयामि । मन्त्र जप्दै उनका लागि आसनका लागि ठाउँ दिनुपर्छ । आसनको अर्थ आह्वान गरिएका गणेशलाई आफ्नो पूजा घरमा विराजमानका लागि ठाउँ दिनु हो ।

पाद्यं (भगवान गणेशका पाउ धुनु)

ॐ गं गणपतये नमः पादयोः पाद्यं समर्पयामि । मन्त्र जप्तदै आफ्नो पूजा कोठामा राखिएको भगवान गणेको मूर्ति अर्थात प्रतिमाको पाउ शुद्ध जलले धुनुहोस् ।

अर्घ (हात धुनु )

आचमनीमा जल, पुष्प, अक्षता लिएर ॐ गं गणपतये नमः हस्तयोस् अघ्र्यं समर्पयामि । मन्त्र जप्दै मूर्तिको हात धुनुपर्छ ।

आचमन (मुख शुद्ध पारिनु)

ॐ गं गणपतये नमः आचमनीयम् जलं समर्पयामि मन्त्र जप्तै आचमनका लागि जल छर्किनुपर्छ । आचमनको अर्थ हुन्छ मुख शुद्ध गर्नु ।

पंचामृतले स्नान

ॐ गं गणपतये नमः पंचामृतस्नानं समर्पयामि । मन्त्रोच्चारण गर्दै पंचामृत से भगवान गणेशको मूतिलाई नुहाउनुपर्छ । पंचामृतमा दूध, दही, घ्यू, मह र शक्करको मिश्रण पर्छन् । यी पाँच चिजको मिश्रणले भगवान गणेशलाई नुहाउनुपर्छ ।

शुद्ध जलले स्नान

ॐ गं गणपतये नमः शुद्धोदकस्नानं समर्पयामि। मन्त्र जप्तै गणेशलाई शुद्ध जलले स्नान गराउनुपर्छ ।

वस्त्र समर्पण

ॐ गं गणपतये नमः वस्त्रोपवस्त्रम् समर्पयामि । मन्त्रोच्चारण गर्दै वस्त्र अर्पित गर्नुपर्छ ।

गन्ध समर्पण

ॐ गं गणपतये नमः गन्धं समर्पयामि। चंदन, रोली, हल्दी, मेहन्दी, अष्टगंध इत्यादिको सुगंधितसहित केही दक्षिण अर्पण गर्नुपर्छ ।

पुष्प अर्पित

ॐ गं गणपतये नमः पुष्पं समर्पयामि । मन्त्र जप्दै भगवान गणेको प्रतिमा तथा मूर्तिमा फूल चढाउनुपर्छ ।

अक्षता अर्पित

ॐ गं गणपतये नमः अक्षताम् समर्पयामि। मन्त्र जप्दै भगवान गणेशको पूजाका लागि बनाइएको अक्षता अर्पण गर्नुपर्छ ।

धूपले पूजा

ॐ गं गणपतये नमः धूपम् आघर्पयामि । मन्त्र जप्दै धूप, अगरबत्तीले पूजा गर्नुपर्छ । हातमा दीप तथा धूप लिएर गणेको पूजा गर्नुपर्छ ।

दीप देखाउनु

ॐ गं गणपतये नम दीपम् दर्शयामि। मन्त्र जपेर दियोले पनि गणेशको पूजा गर्नुपर्छ । हातमा दीप लिएर धूपले पूजा गरेझै बत्तीले पनि पूजा गर्नुपर्छ ।

आरती

ॐ गं गणपतये नमः आरार्तिक्यम् समर्पयामि । मन्त्रसहित भगवान गणेशलाई प्रशन्न बनाउन एकाग्र चित्तले आरती गर्नुपर्छ ।

प्रदक्षिणा

हातमा फूल अक्षता लिएर भगवान गणेशको प्रतिमा वरिपरि परक्रमा गर्नुपर्छ । परिक्रमा गरिसकेपछि उक्त अक्षता तथा फूल भगवान गणेशको मूर्तिमा समर्पित गर्नुपर्छ । उक्त समयमा ॐ गं गणपतये नमः प्रदक्षिणा समर्पयामि। मन्त्रोच्चारण गर्नुपर्छ ।

पुष्पाञ्जलि

ॐ गं गणपतये नमः पुष्पांजलि समर्पयामि । मन्त्रसहित हातमा लिएको फूल तथा अक्षता विघ्न–वाधा नाशक भगवान श्री गणेशलाई समर्पण गर्नुपर्छ ।

नेवैद्य अर्पण
ॐ गं गणपतये नमः नेवैद्यम् निवेदयामि । मन्त्रोच्चारण गर्दै भगवान गणेको पूजाका लागि बनाइएको पंचामृत अर्पण गुर्नपर्छ । भगवान गणेशको पूजामा तुलसी अर्पण गर्नुहुँदैन ।

पंचामृतमा पनि तुलसीको प्रयोग गर्नुहुँदैन । ॐ गं गणपतये नमः फलम् समर्पयामि मन्त्रसहित भगवान गणेशको मूर्तिमा फलफूलहरु अर्पण गर्नुपर्छ । ॐ गं गणपतये नमः मिष्ठान्न भोजनम् समर्पयामि मन्त्रसहित मीठा भोजन तथा मिठाई अर्पण गर्नुपर्छ ।

ॐ गं गणपतये नमः पंचमेवा भोजनम् समर्पयामि मन्त्रको उच्चारण गर्दै कहते हुए पंचमेवा अर्पण गर्नुपर्छ । यी सवै पूवाविधि पूरा गरिसकेपछि । आफूले भूलबस गरेका अर्थात जानी नजानी भएका गल्तीका लागि क्षमा माग्नुपर्छ । एकाग्र तथा एकचित्त भई जीवनमा खुश, शान्ति र समृद्धिको कामना गर्नुपर्छ ।

हनुमानको पूजा विधि

शास्त्रानुसार तपाईंले मंगलबारको दिन हनुमानको पूजा आराधना गर्नुभयो भने धेरै लाभ मिल्छ । सकेसम्म मंगलबारको दिन कुनैपनि हनुमानको मन्दिरमा गएर हनुमान चालीसाको पाठ गर्दा आर्थिक सम्पन्नता बढेर जाने धार्मिक विश्वास छ । जीवन भोगाइका समस्या कम गर्न पनि मंगलबार हनुमान मन्दिरमा गएर रामरक्षा स्त्रोत पाठ गर्दा राम्रो हुने विश्वास गरिन्छ ।

मंगलबारको दिन एउटा धागोको बीचमा कागती राखेर एकातर्फ ४ वटा खुर्सानी र अर्को तर्फ ३ ओटा खुर्सानी राखेर व्यवसायिक स्थलमा राख्दा व्यवसाय फस्टाउने र व्यवसाय नाफामा जाने विश्वास गरिन्छ ।भूतप्रेतबाट मुक्तिको लागि पनि आजको दिन शुभ मानिन्छ ।

एउटा रातो सफा कपडामा थोरै सिन्दुर राखेर तामाको पैसा साथै कालो तिल राखेर डल्लो बनाएर प्रेतले ग्रसित व्यक्तिको शिरमा सात पटक घुमाएर कुनै सुनसान ठाउँमा राख्दा प्रेत हट्ने धार्मिक विश्वास छ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

सम्बन्धित खबरहरु