काठमाडौं । ओमानमा रहेको नेपाली दूतावासले घुम्ती सेवा सुरु गर्ने भएको छ । दूतावासका अनुसार पुस ३ गते दोफार प्रशासनिक क्षेत्रमा घुम्ती सेवा सुरु गर्ने सूचनामार्फत जनाएको छ ।

उक्त प्रशासनिक क्षेत्रमा रहेका नागरिकहरूलाई भिसा, राहदानी नवीकरण, गैरआवासीय नेपाली परिचयपत्र, अधिकृत वारेसनामालगायत विविध अत्यावश्यक सेवा प्रदान गर्नका लागि दूतावासले घुम्ती सेवा सुरु गर्न लागेको हो ।

दूतावासले दोफार प्रशासनिक क्षेत्रमा घुम्ती सेवा हुने तोके त्यहाँको कुन ठाउँमा हुने भनेर केही दिनपछि जानकारी दिइने पनि सूचनामा उल्लेख छ । घुम्ती सेवा लिनका लागि चाहिने आवश्यक कागजात तथा दस्तुरसम्बन्धी विवरण दूतावासको वेबसाइटमा हेर्न सकिने पनि सूचनामा छ ।

सम्बन्धित खबरहरु