काठमाडौ । इतिहासका जानकारहरु बताउँछन् कुनै समय भारतले नेपालको तराई भूभाग आफ्नो दावी गर्दै सयुक्त राष्ट्र संघमा दावी दायर गरेको थियो । त्यो थाहा पाएपछि राजा महेन्द्र भूमी नेपालको अभिछिन्न हो भन्ने देखाउन उसैलाई कुटनीतिक कुटिलताले सहभागी गराएर पूर्ब पश्चिम राजमार्ग बनाए ।

 

राजमागी बनाएपछि झनै तत्काकालिन भारतिय प्रधानमन्त्री इन्दिरा गान्दीले भारतको जमिनबाट नेपालले बाटो बनायो भनेर सयुक्त राष्ट्र संघमा उजुरी नै दायर गरिन् । जुन बेला भारतले नेपालको तराइ मेरो भनेर दाबी गरि रहेको रहेछ । त्यही बेला २०२७ सालमा कैलालीको टिकापुरबाट दश कोष भित्र भारत नेपाल सिमानामा खरको छानो भएको झुपडी बनाएर महिनौ दिन सीमाना रुघेर महेन्द्र बसेका रहेछन ।

 

राजा महेन्द्रले आफु दरबारमा नै रहेको सन्देश दिएर उनले त्यहाँबाट कुटनैतिक गृहकार्य गरेको प्रमाण इतिहासका साँझीहरुसँग छ । महेन्द्रको देश प्रेम, देश कसैले हडप्छ की भन्ने कत्रो चिन्ता रहेछ। त्यो समय यस्तो रहेछ ठुला देशले साना देशलाई आफ्नो बनाउँने होड नै चलेको थियो । त्यसैले निक्कै सकस र कुटिल चाल चाल्न जरुरी थियो ।

 

त्यो झुपडिको एक छेउमा म मरे पनि मेरो देश बाचि रहोस भन्ने वाक्य पनि लेखेको रहेछ । राजा महेन्द्रको सानो मिहिनेत, बिबेक बुद्धिले यो देश स्वतन्त्र भएको होइन रहेछ आज उहाकै देन ले हामी नेपाली बन्न पाएछौ। महेन्द्रले देश रुघ्न बनाएको झुपडी अहिलेपनि छ ।

 

उनले त्यहाँबाट बनाएको कुटिल रणनीतिका कारण संयुक्त राष्ट्र संघले भारतको दावी खारेज गरिदियो । नयाँ सीमाना निर्धारण गर्न भारत तयार भयो । जंगे पिल्लर राखेर नेपालको भूभाग सुनिश्चित गर्ने काम भयो । विवाद रहेका सीमा क्षेत्रमा नक्शा तयार गरेर आफ्नो बनाउँन राजा महेन्द्र सफल भए । भारत आफ्नो राजनीतिक कुटिलतामा फेलियर भयो । यसैले अहिलेसम्मपनि महेन्द्रलाई अहिलेसम्मकै उत्कृष्ट देशक्त राजाको रुपमा सबैले स्वीकार गर्दछन् ।

 

 

सम्बन्धित खबरहरु