काठमाडौं । लामो समयदेखि चर्चाको रुपमा रहेको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिताको मुम्बई इन्डियन्स पाँचौ पटक च्याम्पियन बनेको छ । मंगलबार युएईको दुबईमा भएको १३औं संस्करणको उपाधि खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।

यसअघि मुम्बईले सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि हात पारेको थियो । गत संस्करणको विजेता मुम्बई सन् २०११ पछि लगातार दुई पटक उपाधि जित्ने पहिलो टिम बन्न सफल भएको छ । आइपिएल इतिहासमा मुम्बई सर्वाधिक उपाधि जित्ने टिम बनेको छ ।

तपाईंलाई जानकारी गराउँ कि यसअघि सन् २०१० र २०११ मा चेन्नई सुपरकिंग्सले लगातार उपाधि जितेको थियो । मुम्बईसँगको हारपछि पहिलो पटक उपाधि जित्ने दिल्लीको सपना भने चकनाचुर भएको छ ।

पहिलो पटक फाइनल पुगेको दिल्ली उपाधि जितेर इतिहास बनाउने सोचमा रहेको थियो । मंगलबार दुबईमा दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले ५ विकेटको क्षतिमा १८.४ ओभरमा सहज रुपमा पार गर्‍यो ।

सम्बन्धित खबरहरु