काठमाडौं । विभिन्न दुई नम्बरी काममा सम्लग्न व्यक्ति प्रहरी कारबाहीमा समातिएका छन् । हाशिम बाबाका नामले चर्चित व्यक्ति प्रहरी घेरापछि दिल्ली प्रहरीको विशेष सेलले पक्राउ गरेको हो । हाशिम बाबामाथि प्रहरीले भारु ६ लाख अर्थात नेरु ९ लाख ५८ हजार भन्दा धेरैको इनाम राखेको थियो । उनले नेपालसम्म सञ्जाल विस्तार गरेर नेपाल र भारतका जनतामाथी त्रास पैदा गरेको आरोप लगोको छ ।

 

प्रहरी घेराका क्रममा जम्मा ८ राउण्ड हति'यार चलाइएको छ । जसमा ३ राउन्ड हाशिम बाबाले चलाएका थिए भने ५ राउन्ड प्रहरीले चलाएको थियो । प्रहरीले चलाएको ह'तियारबाट हाशिम बाबाको दे'ब्रे खु'ट्टामा लागेको प्रहरीले जनाएको छ । दिल्ली प्रहरीको विशेष टोलीले हाशिम बाबाको खोजीमा एउटा फोन वार्तालापको अनुसन्धान गरेको थियो, अनुसन्धानपछि प्रहरीले उनी शाहिदारा जिल्लाको सुभाष पार्क क्षेत्रमा उनको पत्नीका लागि घरमा आउँदैछ भन्ने जानकारी पायो ।

यस पछि, प्रहरी त्यस क्षेत्रमा प्रहरीले आफ्नो तैनाथी बढायो । मंगलबार बिहान ६ बजे आसपास बाबा घरबाट निक्लेको कुरा प्रहरीले जानकारी पायो । हाशिम घर छोडेर सीधा आफ्नो बाइक तर्फ मात्र के लागेका थिए । प्रहरीले मौका एक सेकेण्डपनि चुकाएन ।

 

प्रहरीका अनुसार हाशिम बाबा मोटरसाइकलमा चढेको बेला उनलाई प्रहरीद्धारा घेरिएको कुरा शंका भयो । त्यसपछि उनले अन्धाधुन्दा प्रहरीमाथि नै हति'यार सोझ्याएर राउण्ड दिन थाले, त्यसको जवाफमा प्रहरीले पनि राउण्ड दिएको हो ।

 

प्रहरीले दिएको जानकारी अनुसार घटनास्थलमा ८ राउन्ड हति'यार चलाइएको यो । जसमा पहिलो ३ राउन्ड हाशिम बाबाले चलाएका थिए । त्यसपछि प्रहरीले ५ राउण्ड चलाएको हो । प्रहरीले चलाएको ह'तियारबाट बा'बाको एक खु'ट्टामा ला'ग्यो, घाइते अवस्थामा रहेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

अर्कोतिर प्रहरीले ह'तियार प्रुफ ज्याकेट लगाएका कारण कसैलाई केही पनि भएन् । उनलाई प्रहरीले तत्काल नजिकैको अस्पताल पुर्यायो । प्रहरीले घटनास्थलबाट राउण्ड छोड्न प्रयोग हुने हति'यारमा लगाउने केही सामान नियन्त्रणमा लिएको छ । हाशिम बाबासँग धेरै दुई नम्बरी घटनाहरूमा संलग्न रहेका छन् ।

 

हाशिमबारे सुचना दिने व्यक्तिलाई प्रहरीले ९ लाख ५८ हजार भन्दा धेरै इनाम दिने घोषणा गरेको थियो । प्रहरीले हाशिम बाबालाई सोधपुछपछि अरू धेरै अभियुक्तको बारेमा जानकारी लिने बताएको छ ।

सम्बन्धित खबरहरु