काठमाडौ । ७ वर्षीया बा’लिकालाई क’रणी ग’रेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–८ रामनगर चिप्लेगौंडा बस्ने धादिङ धुनवेशी नगरपालिका–९ घर भएका ५२ वर्षीय चक्रे तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती बा’लिकालाई क’रणी ग’रेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २३ जना पक्राउ

काठमाडौ । लमजुङ, मध्यनेपाल नगरपालिका–१ सरेदीस्थित कृषि फर्ममा तास खेलिरहेको अवस्थामा सुन्दरबजार नगरपालिका–९ बस्ने ५० वर्षीय राम बहादुर गुरुङ लगायत १३ जनालाई नगद ११ लाख ४७ हजार ८ सय ४२ रुपैयाँ, ३ गड्डी तास र ३ सय १५ पत्ती खुल्ला तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त फर्ममा तास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर जुवा सम्बन्धि कसुर अन्तरगत आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

धनुषा, जनकपुर उपमहानगरपालिका-२ बस्ने बेचु ठाकुरको घरमा तास खेलिरहको अवस्थामा सोही उपमहानगरपालिका-११ बस्ने ३५ वर्षीय शुसिल साह लगायत २ जनालाई नगद १ लाख ४५ हजार ४ सय ३० रुपैयाँ र १० बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गर्नुका साथै हाल फरार रहेका अन्य व्यक्तिहरुको खोजी गरिरहेको छ ।

नवलपरासी (पूर्व), कावासोती नगरपालिका-१५ बस्ने मिनराज महत्तोको घरमा तास खेलिरहेको अवस्थामा देवचुली नगरपालिका-११ बस्ने ३६ वर्षीय लिला बहादुर राना लगायत ८ जनालाई नगद १ लाख ८६ हजार ९ सय ५ रुपैयाँ, १२ हजार रुपैयाँ लेखिएको १ थान चेक, १ सय ३० भारतीय रुपैयाँ र ३ बुक तास सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु