काठमाडौ । यही मंसिर २ गते नेपालभर सार्वजनिक विदा दिने सरकारी निर्णय बाहिर आएको छ । गृहमन्त्रालयले बुधबार एक सूचना जारी गर्दै मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको हो । गृहका प्रवक्ता सहचक्र बहादुर बुढाले विज्ञप्ति मार्फत मंसिर २ गते नेपालभर सार्वजनिक विदा हुने जानकारी दिएका हुन् ।

 

उनका अनुसार किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको र उक्त दिन सरकारी कार्यालय पनि बन्द रहने छन्। भाइटिकाको भोलिपल्ट नेवाः समुदायले किजा पूजा अर्थात् भाइ पूजा मनाउने गर्छन्। यस वर्ष मंसिर १ गते भाइटिका परेको छ।

किजा पूजामा म्हः पूजाकै दिनमा जस्तै मण्डप तयार गरी सबै प्रकारका फलफूल राख्ने गरिन्छ । त्यसपछि दाजुभाइ दिदीबहीनीले एकअर्कालाई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टीका लगाइदिन्छन् । त्यसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छ ।

 

त्यसपछि एकअर्काको दीर्घायूको कामना गर्दै सगुन, उपहार र खानेकुरा आदि दिने गरिन्छ। नेवार समुदायले तिहारलाई स्वन्ति नखः भन्छन् । उनीहरुले तिहारको बेला लक्ष्मी, म्ह, किजा पूजा र नेपाल सम्वत विशेष रुपमा मनाउने गर्छन्।

सम्बन्धित खबरहरु