काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २५६९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो । उनीहरुमध्ये ११७४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १६६६ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३८ हजार ९१२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २८ हजार ३९३ जना होम आइसोलेसनमा छन् भने ३८२ जनाको आईसीयू र ९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १२६१ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ९७६ जना, ललितपुरका २०४ र भक्तपुरका ८१ जना छन् ।

मोरङका १६८ जना, कास्कीका १३०, सुनसरीका ११८, दाङका १०५, झापा र धनुषाका ९८र९८ जना, रुपन्देहीका ७३, काभ्रेका ५५, नुवाकोटका ४१, मकवानपुर ३७, पाल्पाका ३१, कैलालीका २९, बाग्लुङ, अर्घाखाँचीका २२, पाँचथरका २०, सिन्धुपाल्चोक र तनहुँका १८-१८ जना, उदयपुर, गोरखा, बाँकेका १७-१७ जना, सिराहा र पर्वतका १६-१६ जना, चितवन र दोलखाका १५-१५ जना, नवलपरासीका १४, सप्तरीका १२, बर्दियाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धादिङ, रामेछाप र रोल्पाका ९-९ जना, संखुवासभा, गुल्मी र कञ्चनपुरका ८-८ जना, रौतहट र सल्यानका ७-७ जना, बारा, दैलेख र डोटीका ६-६ जना, ताप्लेजुङ, पर्सा, सर्लाही, सिन्धुली, नवलपुर, स्याङ्जा, प्युठानका ५-५ जना, इलाम, महोत्तरी, कपिलवस्तु र जुम्लाका ४-४ जना, भोजपुर, सोलुखुम्बु र रसुवाका ३-३ जना, कालीकोट, जाजरकोट, सुर्खेत र डडेलधुराका २-२ जना तथा खोटाङ, धनकुटा, लमजुङ, डोल्पा र दार्चुलाका १-१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबरहरु