काठमाडौं । हामीले प्रायः सबै पहेंलो र हरीयो केरा देखेका वा खाएका छौँ । तर के तपाईंले कहिल्यै रातो केरा खानु भएको छ ? अझ भनौँ न देख्नुभएको छ ? रातो रंगको केरा अष्ट्रेलियामा पाइन्छ ।

 

अष्ट्रेलिया बाहेक यो वेस्टइन्डीज, मेक्सिको र अमेरिकाको केही भागहरूमा उत्पादन गरिन्छ । केरा एक फल हो जुन विश्वव्यापी रूपमा उपलब्ध हुन्छ । केरा मन नपर्ने मान्छेहरु सायदै होलान । यद्यपि रातो केरा नेपामला खास लोकप्रिय छैन । तर रातो केरामा पोषक तत्वको उच्च मात्रामा पाइन्छ ।

 

 

तपाईंलाई थाहा नहुन सक्छ, तर रातो केरामा पहेंलो केरामा भन्दा बढी पोषकहरू तत्वहरु पाइन्छ । यसमा सामान्य केरामा भन्दा धेरै बेटा क्यारोटीन पाइन्छ । यस बाहेक, यसमा भिटामिन सी पनि पर्याप्त मात्रामा पाइन्छ । बीटा क्यारोटीनले धमनीहरूमा रगत जम्न दिँदैन । यसले क्यान्सर र मुटु सम्बन्धी रोगहरूदेखि टाढा राख्न मद्दत गर्दछ ।

 

नियमित रूपमा बीटा क्यारोटीन सेवन स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ । यो भिटामिन एमा परिणत हुन्छ, जसले स्वस्थ छाला, आँखाको ज्योती र रोग प्रतिरक्षा प्रणाली राम्रो राख्न मद्दत गर्दछ ।

 

यसमा प्रशस्त फाइबर पाइन्छ । विभिन्न अध्यनहरुका अनुसार एक दिनमा एउटा रातो केराको सेवनले दैनिक आवश्यक पर्ने १६ प्रतिशत फाइबर आपूर्ति गर्दछ । यस बाहेक, रातो केरा खाँदा पनि टाइप २ मधुमेह हुने खतरा कम हुन्छ । आज हामी रातो केरा खानुका फाइदाहरू चर्चा गर्न गइरहेका छौँ ।

 

१, मिर्गौलाको पथ्थरी हुनबाट बचाउँछ
रातो केरामा प्रशस्त पोटेशियम हुन्छ जसले मिर्गौलामा पथ्थरी हुनबाट रोक्न सहयोग गर्दछ । यस बाहेक यसले मुटु सम्बन्धी रोगहरू र क्यान्सरबाट पनि सुरक्षा दिन्छ । हड्डीहरू पनि यसको नियमित सेवनपछि सुदृढ र बलिया हुन्छन् ।

 

२, तौल कम गर्न सहयोगी
रातो केरामा अन्य फलफूलको तुलनामा थोरै क्यालोरी हुन्छ । केरा खाइसकेपछि तपाई अघाएको महसुस गर्नुहुन्छ, जसले भोक कम गर्दछ । भोकको भावनाको कारण, व्यक्तिले समय–समयमा केहि पनि खाँदैन, जसले तौल घटाउन मद्दत गर्दछ ।

 

३, शरीरमा रगतको मात्राको लागी
रातो केरामा भिटामिन र एन्टी–अक्सीडन्टहरूमा प्रशस्त मात्रामा पाइन्छ । यसले हेमोग्लोबिनको मात्रा बढाउने काम गर्दछ । यस बाहेक, भिटामिन बी ६ पनि आपूर्ति गरिन्छ । बी ६ अभावले एनीमियाको जोखिम बढाउँछ ।

 

४, उर्जाको राम्रो माध्यम
रातो केरा खाँदा तत्काल शक्ति प्राप्त हुन्छ । रातो केरामा रहेको प्राकृतिक चिनीले तत्काल ऊर्जा दिन्छ । रातो केरा खाँदा मान्छेहरुमा हुने कमजोरीपन हटेर जाने विज्ञहरु बताउँछन् ।

 

५, मुटु सम्बन्धी रोगका लागि
तपाईको छाती पोल्ने समस्या छ भने पनि, रातो केरा खानु तपाईको लागि लाभदायक हुन्छ । यसको सेवनले मुटुसँग सम्बन्धित रोगहरूको जोखिम कम गर्दछ । यी बाहेक अन्य स्वास्थ्य समस्याहरुको पनि समाधान रातो कुरा रहेको छ ।

 

 

सम्बन्धित खबरहरु