काठमाडौं । रिपब्लिक टिभीका प्रमुख सम्पादक एवं दुई वर्ष पु'रानो 'जी'वनत्या'ग' ग'र्न बा'ध्य पा'रेको आ'रोपमा पक्राउ परेका अर्नब गोस्वामीसहित तीन जना जमानतमा रिहा भएका छन् ।

 

भारतको सर्वोच्च अदालतले जमानत दिएको हो । अर्नब गोस्वामीलाई बुधबार अर्थात ४ नोभेम्बरमा मुम्बईको घरबाट पक्राउ गरिएको थियो । उनीहरु ५० हजार जमानतमा रिहा भएका हुन् ।

 

उनको पक्राउको भिडियो पनि एकदम भाइरल भयो जब बिहान उनको घरमा प्रहरी पुग्यो र उनलाई भ्यानमा राखेर लगियो । सर्वोच्व अदालतले बम्बई उच्च अदालतले जमानत नदिनु बिल्कुल गलत भएको पनि ठहर गरेको छ ।

 

अर्नब गोस्वामीले यसअघि जमानतका लागि बम्बई उच्च अदालतमा अनुरोध गरेका थिए तर अदालतले जमानत दिन अस्वीकार गरेको थियो । त्यसपछि उनी सर्वोच्च अदालतमा गएका हुन् ।

 

सम्बन्धित खबरहरु