काठमाडौं । पहिचान नखुलेका एक व्यक्तिको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–५ लगनखेल स्थित राष्ट्रिय वाणिज्य बैंक अगाडि सार्वजनिक बाटोमा अर्धचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

हालसम्म नाम, थर र वतन नखुलेका अन्दाजी ५०–५५ बर्षको पुरुषलाई अर्धचेत अवस्थामा महानगरीय प्रहरी प्रभाग लगनखेलबाट डिउटीमा खटिएको प्रहरी टोलीले फेला पारेको थियो । उनलाई उद्धार गरी औषधी उपचारको लागि पाटन अस्पताल लगनखेल लगेको थियो ।

उनको उपचार गर्ने क्रममा आज बिहान ५ बजे मृत्यु भएको थियो । प्रहरीले ति व्यक्तिको हाल सम्म सनाखत नभएको भन्दै सबैसँग सहयोग मागेको छ । उनलाई चिन्ने वा आफन्तजनलाई नजिकको प्रहरी कार्यालय वा १०० मा सम्पर्क गर्न भनिएको छ ।

 

सनाखत सम्बन्धमा
******************
मिति २०७७।०७।२५ गतेका ११:०० वजेको समयमा जिल्ला ललितपुर म.न.पा. वडा नं. ५ लगनखेल स्थित राष्ट्रिय वाणिज्य बैंक अगाडी सार्बजनिक बाटोमा हालसम्म एकिन नाम,थर वतन नखुलेको, अन्दाजी ५०/५५ बर्षको पुरुष व्यक्ति अचेत अवस्थामा महानगरीय प्रहरी प्रभाग लगनखेलबाट डिउटीमा खटिएको प्रहरी टोलीले फेला पारी उद्धार गरी औषधी उपचारको लागि पाटन अस्पताल लगनखेल लगी उपचार गर्ने क्रममा मिति २०७७।०७।२६ गते बिहान अं. ५:०० बजे मृत्यु भएको र निजको हाल सम्म सनाखत हुन नआएको हुँदा निजलाई चिन्नुहुने /आफन्तजनले नजिकको प्रहरी कार्यालय वा १०० मा सम्पर्क गरीदिनुहुन अनुरोध गरिएको छ ।

सम्बन्धित खबरहरु