काठमाडौं । नेपाली चलचित्र उद्योग कलिउडका चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले एक विवादित बयान दिएका छन् । उनले आफुलाई दालभात नभए पनि 'भौ'ति'क' 'सु'ख' ('से''क्स'') बि'ना एकछिन पनि बाँ'च्न नसक्ने बताएका छन् ।

 

यो सँगै उनले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई महानायक राजेश हमाल र शिव श्रेष्ठसँग तुलना गरेका छन् । उनले हमाल र श्रेष्ठ एकसाथ भएको चलचित्र हिट हुने बताउँदै उनले ओली–प्रचण्ड मिल्दा पनि देश हिट हुने विश्वास दिलाएका छन् ।

 

दुवै नेतालाई दाई भनेर सम्बोधन गर्दै खड्गीले दुवै नेता मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । पत्रकार ऋषि धमलासँग प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले चुनावमा आफूले प्रचण्ड, कमल थापालाई सघाएको पनि खुलासा गरेका छन् । उनले आफूले नेताहरुप्रति विश्वास गरेको भन्दै जनताको पक्षमा काम गर्न पनि आग्रह गरेका छन् ।

 

एक दशक पहिला निर्माण भएका प्रायः चलचित्रको द्वन्द्व निर्देशकमा राजेन्द्रको नाम हुन्थ्यो । चलचित्रमा द्धन्द्ध निर्देशक मात्र होइन, खलनायक भएर पनि उनी आफै काम गर्थे । लामो कपाल, जतिबेला पनि रिसाएको जस्तो देखिने अनुहार, ठूला आँखा देख्दा सबै डराउँथे ।

 

हेर्दा लाग्थ्यो, उनी रिल लाइफमा मात्र हैन रियल लाइफमा नै खलपात्र हुन । राजेन्द्र खड्गीले चलचित्रको पर्दामा आफूलाई सधै नकारात्मक भूमिकामा देखाएका छन् । यसैले पनि होला, उनलाई देखेर बाटोमा भाग्ने, कराउनेहरुको संख्या धेरै छ । खड्गीलाई चलचित्रमा हेर्नेहरु वास्तविक जीवनमा पनि उनी उस्तै छन् भन्ने सोच्नेरहेछन् ।

 

 

सम्बन्धित खबरहरु