काठमाडौ । धन कसलाई जरुरी हुन्न र ? तर हामी धेरैलाई थाहा छ धन कमाउन मेहनतले मात्र पुग्दैन । भाग्यपनि चम्किनु पर्दछ । अब भाग्य चम्काउने बर्षभरीमा एकदिन त्यस्तो दिन छ त्यस दिनलाई धनतेरस भनिन्छ ।

 

नेपाली पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन अथवा काग तिहारका दिन (आज) धनवन्तरी त्रयोदशी अर्थात धनतेरस पर्ने गरिन्छ । यो दिन दुर्लभ दिन मानिन्छ । मेहनत हरेक दिन गर्नुहुन्छ भने भाग्य चम्काउने यही एकमात्र दिन हो । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने चलन छ ।

यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मदिन पर्ने गर्दछ । यसैले उहाँहरुको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराई क्षेत्रमा नयाँ–नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा सदिर्याैँ देखि छ । अहिले नेपालभर यो चलन छ । यो दिन केही कुरा किनमेल गरेमा भाग्य चम्किने विश्वास गरिन्छ ।

 

धनतेरसको दिन केही शास्त्रमा तोकिएका सामानहरु किनेमा दीपदान गरेमा भाग्य चम्किने विश्वास छ । यसमा धेरैको विश्वासपनि छ । यसैले यो दिन किनमेलको ठूलो भीड लाग्छ । धनतेरस पर्व साथै काग तिहार पनि यही दिन पर्दछ । यस दिन विभिन्न वस्तु घरमा भित्र्याउनाले वर्षभर धनको कमि नहुने धार्मिक मान्यता रहेको पाइन्छ ।

 

जानेर बुझेर खरिद गरे देखि लक्ष्मीले कहिले साथ नछोड्ने विश्वास पनि छ यसैले यो दिन जो कोही लक्ष्मी खुशी बनाउँन तोकिका चीज किन्ने गर्दछन् । ज्योतिष शास्त्रीहरुका अनुसार धनतेरसमा निम्न उल्लेखित वस्तुहरु कसैलाई थाहा नदिइ घरमा भित्राउदा आर्थिक लाभ प्राप्त गर्ने शौभाग्य मिल्नेछ । तर यो गुपचुप हुनुपर्छ । कसैलाई थाहा हुनु भएन । लक्ष्मी खुशी बनाउँन यो सन्देश सर्वत्र सेयरपनि गर्नुपर्नेछ ।

धनियाका दाना

धनियामा लक्ष्मी माताको कृपा रहने विश्वास गरिन्छ । धनियामा लक्ष्मी माताको बास हुने भएकाले यो दिन धनियाका दाना किन्नु भनिन्छ । यसै कारण धनतेरसको दिन घरको बगैंचा गमला आदि स्थानमा कसैलाई थाहा नहुने गरी धनियाको दाना छर्दा लक्ष्मी प्रसन्न भएर कहिलै धनको कमी नहुने विश्वास गरिन्छ ।

गरगहना–आभूषण

यो दिन मन खुलाएर गरगहना–आभूषण किन्ने दिन हो । जति राम्रा गरगहना–आभूषण किन्नुहुन्छ त्यही नै माता लक्ष्मी खुशी हुनुहुन्छ । यस दिन आभूषण तथा गहना खरिद गर्नको लागि धेरै शुभ दिन मानिन्छ। अझ कसैलाई पनि थाहा नदिई किनेको गरगहना–आभूषण झनै शुभ हुने मान्यता छ ।

 

यसले तपाईलाई चमत्कारीक लाभपनि प्राप्त गराउँनेछ । यसरी खरिद गरेको गरगहना–आभूषणलाई लक्ष्मीलाई अर्पित गर्दै धन बढेर जाने मान्यता रहेको छ। यो दिन किनेका गरगहना–आभूषण लगाएर केही काम गर्न थाल्नुभयो भने त्यो काम सफल हुने चाहेजति सोचेजति आम्दानी हुने विश्वास छ ।

शंख

शंखलाई हिन्दु धर्ममा छुटै स्थानमा राखिने गरिन्छ। शंखलाई घरमा राख्नाले लक्ष्मी प्रसन्न हुने र शंक बजाउँदा धर शुद्ध हुने मान्यता रहेको छ। धनतेरसको दिन कसैलाई पनि थाहा नहुनेगरी घरमा नयाँ शंख ल्याएर लक्ष्मीलाई अर्पित गर्नाले लक्ष्मी प्रसन्न हुने गर्छिन्। शंख मात्र घरमा राख्नुभयो भने माता लक्ष्मीको आगमन हुनेछ । भाग्यको उदय हुनेछ भनिएको छ ।

झाड़ू

घर शान्त, सफा साथै उज्यालो भएको अवस्थामा मात्रै लक्ष्मीको वास हुने मान्यता रहेको छ। यस कारण धनतेरसको दिन नयाँ झाडुले घर सफा गरेको शुभ हुन्छ। झाड़ू खरिद गरी कसैले नदेख्ने गरि नयाँ झाड़ूले घर सफा गरेमा लक्ष्मीको अनुग्रह मिल्न सक्छ।

नुन

धनतेरसको दिन नुन खरिद गर्ने कार्यलाई पनि धेरै शुभ मानिन्छ। यस दिन खरिद गरिएको नुन प्रयोग गर्नाले स्वास्थ्य राम्रो हुने मान्यता रहेको छ भने नुन खरिद गर्दा कसैलाई नदेखाएको अझ प्रभावकारी हुने गर्छ।

 

 

सम्बन्धित खबरहरु