नेपाली क्रिकेट टीमले नमिबियामा जारी आईसिसि क्रिकेट लिग डिभिजन दुईमा पुग्ने सम्भावना सुरक्षित गरेको छ ।
उत्कृष्ट बलिङको सुरुवात गरेको नेपालले समुहकै बलियो टीम नेदरल्याण्डलाई दुई विकेटले हराउदै डिभिजन दुईमा जाने सम्भावना बलियो बनाएको हो ।
नेपालको उत्कृष्ट बलिङ सामु नेदरल्याण्ड केही दबाबमा देखिएको थियो । १५९ रनको लक्ष्य पाएको नेपालले जित दर्ता गर्नका लागि निक्कै संघर्ष गर्नुपरेको थियो ।
नेदरल्याण्डका लागि अर्धशतकिय पारी खेलेर ५३ रन जोडेका माईकल रिपोनलाई शक्ति गौचनले ज्ञानेन्द्र मल्लको हातमा क्याच गराइ ।
वसन्त रेग्मी, शक्ति गौचन, पारस खड्का र सोमपाल कामीले समान २–२ विकेट लिएका थिए ।
करण केसीले सात ओाभरमा तीन मेडन राख्दै १० रन दि एभने सागर पुनले छ ओभरमा ३३ रन दिए । अन्ततः नेदरल्याण्डले ४९.५ ओभरको क्षतीमा सबै विकेट गुमाई १५८ रन मात्र बनाउन सक्यो ।