काठमाडौं । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापालाई प्रहरीले पैसा नभएको खाताबाट चेक काटेको अभियोगमा पक्राउ गरेको छ । चेक बाउन्सको मुद्दामा सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापा पक्राउ परेका हुन् ।

थापालाई बुधबार महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीविरूद्ध एक महिना अगाडि झविन्द्रप्रसाद बञ्जाडेले उजुरी दिएका थिए ।

सञ्चालकलाई १ करोडको चेक बाउन्स गरेको मुद्धामा बुधबार कालिमाटीबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।

सम्बन्धित खबरहरु