काठमाडौ । माता लक्ष्मीको कृपा जो माथी हुन्छ उसमा धनको कमी कहिलै हुँदैन । यो जन्मजात लिएर आएको हुन्छ । तपाईलाई जानकारी गराऔँ मासिको सबै धर्म जीवन जन्मदिनमा आधारित रहेर बन्छ । यसैले जन्मबारको अति महत्व छ ।

 

जानकारी राख्नुहोस् की शुक्रबार जन्म लिने मानिसमा शुक्र ग्रहको प्रभाव हुन्छ। यस ग्रहले मानिसको जीवनमा सुन्दरता र भोग विलासको क्षेत्रमा प्रभाव पार्छ। वास्तवमा शुक्रबारको दिन जन्मिने मानिसको स्वभाव कस्तो हुन्छ त ?

यस दिन जन्मेका मानिसहरू धेरै सुन्दर, आकर्षक र मीठो बोलिका हुन्छन्। जे कुरा पनि सरल र सीधा तरीकाले भन्न रुचाउने यिनीहरु कुनै पनि प्रकारको बहस वा लडाईबाट टाढा नै रहन मन पराउँछन्।

 

यी मानिस मनोरन्जन र सौन्दर्य उत्पादनहरूमा बढि खर्च गर्छन् जसका कारण कहिलेकाँही आर्थिक सन्तुलन पनि विचलित हुन सक्छ। यिनीहरु जीवनमा धन्य हुन चाहन्छन्। सुन्दर हुनुको साथ यिनीहरू सहनशील, चलाख र भावनात्मक हुन्छन्। यी व्यक्तिहरु परिस्थिति अनुसार आफैलाई अनुकूल बनाउँछन्।

 

 

शुक्रबार देवी लक्ष्मीको दिन पनि हो र उहाँको अनुग्रहको कारण जीवनमा हरेक भौतिक सुख प्राप्त गर्दछन्। यी व्यक्ति अरूलाई मद्दत गर्न सधैं तयार हुन्छन्। साहित्य र कला यी मानिसको जीवनको अभिन्न अंग हो। यो दिन जन्मिएका व्यक्तिमा माता लक्ष्मीको सँधै साथ हुन्छ । भगवान लक्ष्मीको कृपाले जे छोएपनि वा जे काम गरेपनि सफल हुन्छन् । मनग्गे धन कमिन्छ । चाहेजति खर्च गर्न सक्नेगरी धन कमाउँछन् ।

सम्बन्धित खबरहरु