काठमाडौं । भारतीय टीमका सबैभन्दा सफल कप्तान मध्येका एक कप्तान कूल सेवानिवृत्त भएपछि कुखुरापालनमा लाग्ने भएका छन् । उनी कडकनाथ (कुखुराको प्रजाती) को खेती गर्न लागेका छन् ।

 

यसको स्वाद र गुणहरूको लागि, प्रसिद्ध झाबुवाको कबड्नाथ कुखुरापालनका लागि महेन्द्र सिंह धोनी तयारी गरिरहेको खुलेको छ । धोनीको टोलीले झाबुवाको कडकनाथ किसानलाई भेटेर २ हजार चल्लाहरु मगाएको छ । यी कुखुराहरू १५ डिसेम्बरदेखि रांचीमा वितरण हुने बताइएको छ ।

 

हालै क्रिकेटबाट सन्यास लिएका क्याप्टन धोनी कूल जैविक खेतीमा ध्यान केन्द्रित हुन लागेका हुन् । रांचीमा रहेको धोनीको फार्म हाउसका लागि, उनको टोलीले झाबुआको कृषि विज्ञान केन्द्रमा सम्पर्क गरेको छ र गुणकहरूले भरिएका कड़कनाथ चल्लाहरूको माग गरेको छ ।

 

झाबुआ कृषि विज्ञान केन्द्रमा लामो पर्खाइका कारण, धोनीको टोली थाण्डला ब्लाकको विनोद नामक किसानसँग सम्पर्क गर्न पुग्यो । विनोद जो झाबुआ कृषि विज्ञान केन्द्रका एक अधिकारी पनि हुन् । यस पछि, धोनीको टोलीले विनोदबाट पाल्नका लागि २ हजार च्याक (चल्ला) हरूको माग गरेको छ ।

 

कडकनाथ कुखुराको जात किन विशेष छ ?
कडकनाथ कुखुरा यसको स्वाद र स्वास्थ्यका लागि पौष्टिक गुणहरूले भरिएको हुन्छ । कडकनाथ कुखुराको रंग कालो हुन्छ । साथमा यसको मासु र हड्डी पनि कालो नै हुन्छ । उच्च प्रोटिन र कम फ्याटको साथ धेरै तत्वहरूको प्रशस्तताको कारण, यो धेरैले मन पराइएको कुखुरामा पर्दछ । जानकारी अनुसार यसको मासु प्रतिरक्षा प्रणाली विकास गर्नका लागि पनि सहयोगी हुन्छ ।

धोनी मात्र होइन, भारतीय क्रिकेट टीमका अहिलेका कप्तान विराट कोहली पनि झाबुवाको कडकनाथको बारेमा जानकार छन् । झाबुवा कृषि विज्ञान केन्द्रले भारतीय टीमका खेलाडीहरुको प्रतिरोध क्षमता र शक्ति बढाउन यस कुखुराको मासु खान सुझाव दिएको थियो ।

 

जसमा बीसीसीआईले झाबुवा केन्द्रमा सम्पर्क गर्ने कुरा गर्यो । तर विराट कोहली अहिले शाकाहारी भइसकेका छन । उनकी श्रीमती अनुष्का पनि शाकाहारी छन् ।

 

 

सम्बन्धित खबरहरु