काठमाडौ । हाम्रो देशमा कोही व्यक्ति ठूलो पदमा पुग्यो भने उनका छोरा, छोरी, भाई, भतिज मात्र हैन । गोरु बेचेको साइनोकोपनि सालो पर्नेपनि उनकै पछि लाग्छन् । तर नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बिडेनकी श्रीमतीले विश्वका लागि नै एक सन्देश दिएकी छिन् ।

उनले अब आफु अमेरिकाको फष्ट लेडी बनेपनि आफुले गर्दै आएको शिक्षण पेसा नछोड्ने निर्णय सुनाएकी छिन् । उनले टिचिङ्ग पेसा मेरो कर्म मात्र हैन धर्मपनि हो । मलाई त्यसमा नै आनन्द छ जब मैले पढाएका कुनै एक व्यक्ति असल र राम्रो भएको खबर सुन्न पाउँछु ।

यो निर्णय सुनाउँन टेलिभिजनको स्क्रिनमा देखिएकी राष्ट्रपति बिडेन पत्नी जिल बिडेनले यसो भनिरहँदा टेलिभिजन हेरिरहनेहरुको आँखाबाट आँसु आएको थियो अन्र्तराष्ट्रिय सञ्चार माध्यमले समाचार लेखेका छन् । उनले यसो गरे बाहिर काम गर्ने बहालवाला राष्ट्रपतिकी पहिलो श्रीमती उनै हुनेछिन् ।

यहाँहरुलाई जानकारी गराऔँ श्रीमान बिडेन ८ बर्षसम्म उपरास्ट्रपति हुँदा पनि उनले टिचिङ्ग पेसा छोडिनन् । दुइ कार्यकाल बाराका ओबामा राष्ट्रपति हुँदा बिडेन उपराष्ट्रपति थिए । त्यो समयपनि पत्नी जिल बिडेनले टिचिङ्ग पेसा जारी नै राखिन् ।

उनि भन्छिन् मानिसले टिचिङ्ग पेसाको मुल्य बुझ्न सकुन र टिचरको योगदान बुझ्न सकुन । म यो पेसालाई हेर्ने मानिसको नजर परिबर्तन गर्न चाहन्छु । मौका यही हो । यसैले म ह्वाईट आउसबाट पढाउन जान कतिपनि अल्छि मान्दिन ।

हुन त मैले यो भन्दा पहिले श्रीमान बिडेन ८ बर्ष उपराष्ट्रपति हुँदापनि उपराष्ट्रपति भवनबाट पढाउन धाएकै हो । अबपनि म त्यो गर्छु यो मेरो व्यक्तिगत निर्णय हो । मलाई लाग्छ अमेरिकी ह्वाईट हाउस प्रशासन मेरो लागि बाधक हैन सहयोगी बन्नेछ ।

सायद समाजको दोष होला, हाम्रा सपना साना छन् । ठुलो कुराको कल्पना गर्न सिकिएन छ । श्रीमान–श्रीमती, छोरा–छोरीको जीवन तारिदिदा दिदै जीवन सकिने छ । निजी स्कुल पढाउदा पढाउदै गर्फिल्ड जस्तो अमेरिकी रास्ट्रपति हुने सपना देखिने भने छैन ।

पक्कै नेपाली माटोमा अहिले नै चै जॉर्ज ऑरवेल जस्तो ठूलो पदमा पुगिसकेपछिपनि पशु फार्मको कल्पना गरिने छैन । लियो टॉल्स्टॉय जस्तो दिनभरी निजी स्कुलमा पढाएर थाकेर साँझ गएर शान्ति र संबृद्धीका बारे लेख्न बसिने छैन ।

गेब्रीला मिस्ट्रल जस्तो निजि स्कुल पढाउदा पढाउदै नोबेल पुरस्कारमा नाम आउने छैन । कारण हाम्रो सपना साना छन् । बिद्यालय पढाउने मानिसले ठुलो सपना देख्न छोडेको छ । किनकी हाम्रो देश नेपाल हो । हामी नेपाली हौँ ।

सम्बन्धित खबरहरु