काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि (शुक्रबार) दिउँसो ४ बजे बस्ने भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित बरिष्ठ नेता माधबकुमार नेपाल, झलनाथ खनाल लगायतको लगातारको दवावपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा बस्न तयार भएसँगै समय तय भएको हो ।

 

नेकपा महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा भोलि शुक्रबारलाई बैठक बोलाएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले गराएका छन् । ‘महासचिव पौडेलले दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग हिजो बेलुका र आज बिहान परामर्श गर्नुभयो । सहमतिमै शुक्रबार बेलुका ४ बजेलाई बैठकको समय तय गरिएको छ,’ रिजालले भने ।

 

यसअघि बहुमत सचिवालय सदस्यले आज बिहीबारका लागि बैठक बोलाएका थिए । मंगलबार अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यहरुको अनौपचारिक छलफलले बिहीबार बैठक बस्ने निर्णय गरेको थियो ।

 

वहुमत सदस्यले वैठक डाकेपछि अध्यक्ष ओली दवावमा परेका थिए । त्यसपछि सहमति खोज्न ओलीले आफु निकट नेताहरुलाई प्रचण्डलाई भेट्न खुमलटार पठाए । नेताहरुको लगातारका छलफलपछि बैठक तय भएको छ । पार्टी फुट नजिक पुगेको भन्दै गर्दा फेरी जोडिएको अपेक्षा गर्न सकिन्छ ।

 

सम्बन्धित खबरहरु