रौतहट । रौतहटमा एक विवाहित यु'वतीको जी'वन लि'इएको छ । रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहा टोलका राम अयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारी साहको गए राति अ'ज्ञात स'मूहले 'गो'ली'को 'प्र'योग'बाट जी'वन लि'एका हु'न् ।
युवतीकी आमा घरबाट बाहिर शौचालय गएको मौका छोपी राति करिब ११ बजे अज्ञात समूह साहको घरमा पसी यु'वतीको जी'वन लि'इयो । युवती साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत २०७६ फागुनमा युवतीको बिहे सर्लाहीको मधुवनगोठ गाउँका रुपेश साहसँग भएको थियो । बिहे भएको केही समयपछि युवतीको एक जना युवकसँग प्रेम सम्बन्ध रहेको बाहिर आएको थियो । युवतीका श्रीमानलाई पनि अपरचित समूहले गत वैशाखमा घाइते बनाएको बताइएको छ ।
युवतीको प्रेमीबाट युवतीको प्रेम सम्बन्धकै कारण यो सबै घटना भएको अनुमान युवक पक्षले गरेका थिए । घाइते श्रीमान लामो समय उपचारपछि बल्ल निको भएका छन् ।
गत असार महिनामा युवतीको सम्बन्धविच्छेद भइसकेपछि युवती माइती लौकाहामा नै रहँदै आएको युवतीका काका नेवालाल साहले जानकारी दिएका छन् ।
घटनास्थलमा प्रहरी पुगिसकेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटना कसले गराएको हो भन्ने विषयमा रौतहट प्रहरी अनुसन्धानमा लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।