काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखाले भर्खरै नतिजा प्रकाशन गरेको छ । आज एक सूचना प्रकाशित गर्दै त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखाले स्नातकोत्तर तह तेस्रो सेमेष्टरको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।

सूचनामा भनिएको छ यस संकायद्धारा २०७६ साल मंसिर पौष महिनामा सञ्चालिन एमएड तेस्रो समेष्टर परीक्षाको परीक्षाफल यस डीन कार्यालय अन्र्तगत परीक्षा सञ्चालक समितिको बैठकको निर्णय बमोजिम प्रकाशन गरिएकोले सम्बन्धित सबैलाई सूचित गरिन्छ । नतिजा तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला । – त्रिवि

योपनि पढ्नुहोस्

सबै तहको एउटा हलमा २० जना राखेर भौतिक उपस्थिति मै मङ्सिरदेखि परीक्षा [सूचनासहित]

काठमाडौ । पूर्वाञ्चल विश्वविद्यालयले सबै तहको परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन गर्ने भएको छ । आगामी मंसिर अन्तिम सातादेखि नियमित तथा आंशिक परीक्षाहरू स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न लागिएको विश्वविद्यालयले जानकारी दिएको छ ।

परीक्षार्थीहरूलाई आफू अध्ययनरत कलेजमै परीक्षा दिने व्यवस्था विश्वविद्यालयले गर्ने भएको छ । एउटा हलमा २० जना नबढ्ने गरी परीक्षार्थी राखिने र पुससम्ममा सबै परीक्षा सम्पन्न गर्ने विश्वविद्यालयको तयारी छ ।
सूचना हेर्नुहोस्

Purbanchal University Examination Notice

सम्बन्धित खबरहरु