काठमाडौं । अमेरिकामा, एउटी महिलाले कम्पनीबाट उनको विवाहको पोशाक मगाएकी थिईन् तर उनी यो देख्ने बित्तिकै धेरै निराश भइन् र रिसाएर उनले उक्त कम्पनीलाई एउटा ईमेल पठाईन् । तर जब कम्पनीले उक्त महिलालाई जवाफ दियो तब उनले आफ्नो गल्ती महसुस गरिन् ।

 

ति महिलाले भनिन, ‘मेरो विवाहको पोशाक दुई हप्ता अघि आएको थियो । यो पोशाक देखेर म अत्यन्तै चिन्तित भएँ र मैले कम्पनीलाई धेरै क्रोधित ईमेल पठाएँ र उनीहरूलाई भने कि म यो ड्रेस फिर्ता दिन चाहन्छु किनकि यो हामीहरुले मगाएको पोशाक जस्तो देखिएन ।’

 

 

यद्यपि आब्रीले कम्पनीबाट त्यो खालको प्रतिक्रियाको आशा गरेकी थिइनन् । आब्रीले उनको तस्विर पोशाकको साथ साझा गरिन् । तर त्यस कम्पनीले जवाफामा महिलाले लुगा उल्टो लगाईरहेको भनेको थियो । कम्पनीले भनेको थियो, ‘यदि उनी सुल्टो लगाउँछिन्, तब उनीले थाहा पाउनेछिन् कि यो वास्तवमा उनीकै लुगा हो, जुन उनले मगाएकी थिइन् ।’

 

आब्रीले यो हास्यास्पद घटना फेसबुकमा साझा गरेकी छिन् । धेरै व्यक्तिहरूले यसलाई अत्यन्त हास्यास्पद भनेका छन् । आब्रीको यो फेसबुक पोस्ट एकदम भाइरल भइरहेको छ । आब्रीले यो पनि भनिन् कि उनी रातीको सिफ्टमा काम गर्छिन, विवाहको तयारी र कोरोना भाइरस महामारीको कारणले तनावग्रस्त छिन्, जसको कारण उनले गलत तरिकाले पोशाक लगाइन् ।

 

तर उनको पोष्ट भाइरल हुन्छ भनेर उनले अनुमान पनि गर्न सकेकी थिइनन् । यो सामान्य सामाग्री हामीले किन पोष्ट गरेका छौ भने तपाई जो कोही तनावमा आएर तत्कालै प्रतिक्रिया जनाउँनुहुन्छ भने त्यसले तपाईलाई नै नराम्रो बनाउँनेछ । सोच विचार गरेर केही धैर्यता राख्नुभयो भने वास्तविकता अवश्य आउँछ । यसले तपाई हामी सबैलाई सहज गर्छ ।

 

सम्बन्धित खबरहरु