काठमाडौ । समाजसेवाका सर्वोत्कृष्ट नमुना जोडी भनेर हेम र मायालाई लिने गरिन्छ । समाजसेवी हेम थापा र माया थापा उहाँहरुको पवित्र कामबाट अहिले सर्वत्र चिनिनु भएको छ । उहाँहरुद्धारा सञ्चालिन हेम एण्ड माया फाउन्डेसन त झनै सर्वत्र प्रसंशनीय बनेको छ । उहाँहरु हालै संयुक्त राज्य अमेरिकाबाटपनि सम्मानित भएको छ।

अहिले यस्तो महामारीको समयमा अमेरिकामा रहेर नेपाली जनताको सेवा गरेको भन्दै अमेरिका स्थित न्युयोर्कको ब्रोक्लिंङ बोरो बाट कोभिड–१९ हिरो अवार्डबाट फाउन्डेसनका संचालक द्वय हेम थापा र माया थापा सम्मानित हुनु भएको हो।

उक्त फाउन्डेसनले नेपालका विभिन्न ठाउमा हरेक पिडितलाई अमेरिकाबाट प्रत्यक्ष रुपमा आर्थिक सहयोग गर्दै आएको छ। परदेशबाट देशका विकट ठाउँ सम्म यो फाउन्डेसनको योगदान रहेको छ। नेपाल सरकारको नजर नपुगे ठाउँमा पनि उक्त फाउन्डेसनको पहुँच पुगेको छ।

अहिले सम्म पटकपटक गरि देशका हरेक दुःखी गरिब परिवार तथा व्यक्तिलाई गरि करोडौ सहयोेग भइसकेको फाउन्डेसनका संचालक हेम थापाले जानकारी दिनुभएको छ। परदेशमा रहेर पनि देशमा यति सहयोग गरेपनि नेपाल सरकारबाट भने फाउन्डेसनलाई समर्थन छैन। सरकारले कुनै वास्ता नगरेपनि दुुःखी पिडितको नजरमा भने नेपाल सरकार भन्दा हेम एण्ड माया फाउन्डेसनकै प्रतिक्षामा हुन्छन।

फाउन्डेसनले विगत लामो समय देखि प्राकृतिक प्रकोपबाट पिडित,अपांग,बेसाहारा,दीर्घरोगी जस्ता अनेक समस्यामा परेकालाई विभिन्न माध्यमबाट नगद आर्थिक सहयोग गरिरहेको छ।

अब फाउन्डेसनको सेवालाई अझ नजिकबाट र कसैले पिडाको महशुस नगरोस भन्ने हेतुले नेपालका सातवटै प्रदेश,जिल्ला र स्थानिय तह सम्म समावेश हुने बिशुद्ध सामाजिक सेवामा लाग्ने र स्वतन्त्ररुपको पदाधिकारी चयन गर्ने योजना रहेको पनि फाउन्डेसन परिवारले बताएको छ।

सम्बन्धित खबरहरु