काठमाडौ । सानफ्रान्सिस्को, यूएसए । हामी कहिलेकाही कर्म ठूलो की भाग्य भन्ने वाद-बिवादमा भाग्य नै होला भन्न बाध्य हुने घटना पाउँछौ । हुन त भाग्यमा धेरैको विश्वास कम हुँदै गएको छ किनकी कर्ममा तत्काल फल मिल्ने भएकाले भाग्यतर्फ ढल्किनेहरु अहिलक कम छन् । तर के थाहा त्यो कर्म गर्ने जोश र जाँगरपनि तपाईकै भाग्यका कारण त हैन ?

यसरी बहस गर्दा भने भाग्यतर्फको वजन पक्कै वढ्छ । अब कुरा गरौँ भाग्य चिठ्ठा को । हुन त भाग्य चिठ्ठामापनि कर्म जोडिएको नै छ । चिठ्ठा भर्ने कर्म नै गरेन भने के को भाग्य चम्किनु । यसैले यी एक अर्काका परिपूरक हुन् । आज हामी एक नेपाली जसको भाग्य चम्किदा के भयो यहाँलाई जानकारी गराउछौ । नेपाली मूलका अमेरिकी ट्याक्सी ड्राइभर महेन्द्र बहादुर केसीलाई अमेरिका छिरेपछि पैसा कमाउने हुटहुटी थियो ।

यसैले दिनरात ट्याक्सी चलाएर मेहनत गरिरहेका थिए । उनलाई त्यति पैसालेपनि पुगेन । एक पटक भाग्यको खेल हेरौँ न भन्ने लाग्यो । उनले उनी बस्ने अमेरिकाको क्यालिफोर्नियामा खेलाउँने लट्री मेगा मिलियन खेलमा चिठ्ठा भरे । नभन्र्दै उनको भाग्य चम्कियो । उनले भरेको १ दशमलव १९६२ मिलियन अमरीकी डालरको चिठ्ठा उनैलाई पर्यो ।

१ दशमलव १९६२ मिलियन अर्थात १९६२००० अमेरिकी डलरको चिठ्ठाको चेक हात पर्यो । यो नेपालीमा रुपान्तरण गर्दा २३ करोड ३४ लाख ७८ हजार रुपैयाँ हुन आउँथ्यो । यो अलिक पहिलेको घटना हो । आज भने हामी उनी चिठ्ठा विजेता महेन्द्रले त्यो रकम के गरे ? अहिले उनको अवस्था कस्तो छ भनेर अपडेट गर्न यो प्रशंग प्रस्तुत गर्दैछौ ।

अमेरिकाको सबैभन्दा ठूलो ज्याकपोट गेमको आधिकारिक वेबसाइट MegaMillions.com का अनुसार ५० वर्षीय महेन्द्र बहादुर केसी सेनफ्रान्सिस्कोमा पहेलोवाला ट्याक्सी चलाउछनु । उनी क्यालिफोर्नियाको बे एरियामा बस्छन् । उनै केसी १० बर्षदेखि भाग्य चिठ्ठाका टिकट खरीद गरिरहन्थे ।

पछिल्लो पटक उनले सैन ब्रूनोमा रहेको एक मापसे गराउने दोकानबाट मात्र एक डलरको टिकट खरीद गरेका थिए । त्यो टिकट लट्री मेगा मिलियनको थियो । आफ्नो ट्क्सी चलाएर, संघर्षरत नेपाली आप्रवासीका लागि त्यही एक डलरको टिकट स्वर्ग चुम्ने अवसर बराबर बन्यो ।

उनले सैन ब्रूनो में हंटिंगटन लिकरद्वारा मेगा मिलियन्स क्विक पिक लिने फैसला गर्नु नै भाग्य चम्काउने दिन बन्यो । उनले एक डलर मात्र भुगतान गर्नुपरेको थियो । तर त्यही एक डलरले जीवनमा अहिलेसम्मकै खुशी दियो । संयोग कस्तो छ भने उनले त्यहाँ एक डलरमा चिठ्ठा लिए र आफ्नो ट्याक्सीमा ग्राहक राखेर टाढा लागे ।

त्यो मंगलबारको दिन थियो । मंगलवार राति ठूलो संख्यामा राखिएका टिकटहरुबीच भाग्यको चर्खा घुमाइएको थियो । ज्याकपट ड्र मा रोकिएको संख्या (11-19-24-33-51) मा पाँच वटा मिलान गर्नु थियो । त्यस पुरस्कारको राशि ४१४ डलर मात्र थियो । मिलाउँदै गर्दा केसी त्यो उपहारमा चुके अर्कैको मिलिसकेको थियो । संयोग यस्तो थियो की मिल्न चै पहिले केसीको नै मिलेको रहेछ ।

तर हात उठाउँन भने ढिला गरे । त्यसैले ४१४ डलरको उपहार अर्कोमा पर्यो । अब अर्को ८ अंकमा ८ नै मिलाउनुपर्ने विंगो उपहार थियो । त्यसको राशि थियो १ दशमलव १९६२ मिलियन अर्थात १९६२००० अमेरिकी डलर । भाग्यपनि कस्तो मेगा मिलियन्स अनुसार त्यो पुरा मिलान हुने भाग्य चिठ्ठा उनै महेन्द्र बहादुर केसीलाई पर्यो ।

उनले बुधवार बिहानै भाग्य फल लिने मौका पाए । १ दशमलव १९६२ मिलियन अर्थात १९६२००० अमेरिकी डलरको चेक उनलाई दिइयो । उनले छोरी श्रीमती सहित सबैलाई समारोहमा सहभागी गराए । उनकी छोरी चँदानीले भनिन् यसले अब हाम्रो जिन्दगी नै बदल्नेछ । अब हामी सबै परिवारका जे जे सपना थिए त्यो सबै पूरा गर्न यो रकम खर्च गर्नेछौ । छोरीले यसो भनिरहँदा महेन्द्र हर्षविभोर देखिन्थे ।

केसीकी पत्नी सानफ्रान्सिस्कोको एक होटलमा हाउसकीपरको काम गर्दै थिइन् । बच्चा पढिरहेका थिए । ५० बर्षीय केसी १० बर्ष पहिलेदेखि भाग्यमा भर परेर बेला बेला चिठ्ठा खरिद गरिरहेका थिए । नभन्दै भाग्यले उनलाई विश्वास गर्यो । उनले भाग्यलाई विश्वास गरे ।

केसिले १ दशमलव १९६२ मिलियन अर्थात १९६२००० अमेरिकी डलरको चेक लिँदै गर्दापनि उनकी छोरीले भनिन् मेरा पिता जीले केबल भाग्यमा मात्र विश्वास गर्नुभएन । टिकट खरिद गर्न यति मेहन गर्नुभयो की कही खुलेको छ भन्ने थाहा हुनासाथ उहाँले खरिद गर्नुहुन्थ्यो । चिठ्ठा रकम एकदमै थोरै हुन्थ्यो ।

मानौँ की केही खरिद गरेर फिर्ता भएको चानचुने रकम घरमा यसै लडिरहेको हुन्थ्यो । पिता जी भन्नुहुन्थ्यो यो एक डलरको चिठ्ठा टिकट खरिद गरेर करोडौ कमियो भने के हुन्छ ? त्यो भन्दै उहाँले चानचुने रकम चिठ्ठा टिकट खरिदका लागि खर्च गर्नुहुन्थ्यो । ट्याक्सी चालक भएकाले यता उता जहाँपनि जान र बुझ्न उहाँलाई सजिले थियो । नभन्दै मेरा पिताले अन्जानमा जे बोल्नुभएको थियो आज भाग्यले साक्षत बनाइदियो । छोरी हर्षविभोर हुँदै बोलिरहेकी थिएन् ।

यो बेलासम्म चिठ्ठा खोल्ने कार्यक्रममा उपस्थित खुशी नै थिए । तर छोरीले एकाएक आँशुका ढिक्का खसालिन् । र उनले भनिन् यो रकमले अब मेरा हजुर बुबा र हजुरआमाका लागि अंग प्रत्यारोपण गराउनेछु । मेरा पिता महेन्द्र मुटु रोगी हुनुहुन्छ । उहाँको धमनी परिवर्तनको सुझाव चिकित्सकले दिएका छन् ।

यसैका लागि उहाँले दिन रात मेहनत गर्नुभएको छ । हिजो यो भाग्य चिठ्ठा परेको खबर पाउँना साथ हामीले घर सल्लाह गरेका छौ की अब पिता जीकोपनि शल्यक्रिया गर्नेछौ । मेरो स्कुलको शुल्क बाँकी नै थियो । पिता जीको कमाईबाट हामी मात्र जिन्दगी चलाइरहेका थियौँ । अब मेरो स्कूलको ऋण भुगतान हुनेछ । उनले यसो भन्दै गर्दा हर्षविभोर उपस्थित समुदाय भावुक बनेका थिए ।

त्यसैले आज हामीले त्यो चिठ्ठापछि उनको जीवनमा के परिवर्तन आयो भनेर बुझेका थियौँ । त्यहाँका गैर आवसिय नेपालीका नेताले अहिले उनको उपचार भएको, उनका बाबु आमाको शल्यक्रिया भएको र छोरीलेपनि राम्रोसँग पढ्न पाएको बताएका छन् । यो सामाग्री पढेपछि तपाईले भाग्य र कर्ममा बराबर विश्वास गर्न सक्नुहुनेछ ।

भाग्य छ भन्दैमा डोकोमा दुध दुहेर हुन्न भन्ने उखान भने कहिलै नभुल्नुहोला । किनकी भाग्यचिठ्ठा पार्न त्यो चिठ्ठाको टिकट किन्ने कर्मपनि अवश्य गर्नुपर्छ । चिठ्ठा पर्छ भन्दैमा फेरी ठूलो रकम गुमाउन नलाग्नुहोस् । त्यसले फेरी अर्को समस्या निम्त्याउँछ ।

सम्बन्धित खबरहरु