सिरहा । गोलबजार नगरपालिका–६ बाट १ हजार दरका ६ लाख ८४ हजार नक्कली नोट, १ थान ल्यापटप, १ थान प्रिन्टर, १ थान प्लाष्टिकको फोल्डिङ टेबल र च्यातिएको नक्कली नोट कागजका टुक्राहरु सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका–६ डेरा गरी बस्ने कल्याणपुर नगरपालिका–७ भेडिया बस्ने २५ वर्षीय बिमलेन्द्र नायक, गोलबजार नगरपालिक–१२ बेतौना बस्ने २५ वर्षीय धिरज राय र सोही ठाउँ बस्ने २० वर्षीय संजय राय रहेका छन् ।

 

ईलाका प्रहरी कार्यालय मिर्चैया, ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल गोलबजारबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो ।

 

नोट प्रिन्ट नै गरिसकेको अवस्थामा भेटिएको र यसरी बसेको धेरै भइसकेको स्थानीयको बयानपछि उनीहरुले नेपालका केही ठाउँमा नक्कली नोट पुर्याई सकेको हुनसक्ने अनुमान गरिएको छ । सचेत रहन सबैलाई अपिल समेत गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

सम्बन्धित खबरहरु