Mao-lrader

काठमाडौ, माघ ५ – जनबोली न्युज डेस्क पहिलो संविधान सभाको पहिलो बैठकदेखि नै संविधानका अन्तरवस्तुमा रस्साकस्सिमा रहेका नेताहरुले सोमबार चमत्कारिक सहमतिको घोषणा गर्ने संकेत देखिएको छ ।

आइतबारभरि भएका दलहरुका छलफलबाट संविधानका अन्तरवस्तुमा दलहरुले सहमतिको घोषणा गर्ने भएका छन् । स्रोतका अनुशार खासगरि संविधानको मुख्य अन्तरवस्तु शासकीय स्वरुप र संघियताका सन्र्दभमा सोमबार दलहरुले सहमतीको घोषणा गर्न लागेका हुन् ।

कांग्रेस एमालेको संघियता र शासकीय स्वरुपको प्रस्तावमा आपत्ति जनाउदै आएको माओवादीले आइतबार एकाएक सहमतिको प्रस्तावका साथ प्रस्तुत भएको छ । आइतबार चार दलको बैठकमापनि एमाओवादी विगतमा भन्दा फरक ढंगले प्रस्तुत भएको थियो ।

बैठकमा सहभागी एमाओवादी अध्यक्ष प्रचण्डले शासकीय स्वरुपमा हाम्रो अडान प्रत्यक्ष निर्वाचित राष्ट्रपति हो, तपाईहरु सहमति गरेर जानुस्, हाम्रो फरक मत रहन्छ । भन्ने वाक्य नै अन्य दलका नेताहरुले सहमतीको चमत्कारीक संकेतको रुपमा लिएका थिए ।

संघीयतामा पनि एमाओवादी लचिलो भएर प्रस्तुत भयो ‘बहुपहिचानमा आधारित ६ प्रदेश बनाऔं ।’ यसअघि माओवादीले प्रदेशसभालाई नाम राख्न दिने गरी ९ प्रदेश वा पहिचानमा आधारित ६ प्रदेश हुनुपर्छ भन्ने अडान राख्दै आएको थियो ।

एमाओवादी हदैसम्मको लचिलो

शीर्ष  नेताहरुको बैठकमा प्रस्तुत हुनुभन्दा पहिले एमाओवादीको बैचारिक बहस व्यवस्थापन समितिको बैठक आइतबार बिहान नै बसेको थियो ।

बैठकमा सम्भावित तीन विकल्पबारे छलफल भएको थियो । पहिलो विकल्प थियो संविधान बन्न नदिने गरी अघि बढ्ने । सदन र सडकमा संघर्षको ज्वारभाट ल्याउने । दोस्रो विकल्प थियो, कांग्रेस र एमालेलाई संविधान बनाउन दिने र त्यसको स्वामित्व नलिने ।

तेस्रो विकल्प थियो, शासकीय स्वरुप र संघियतामा केही लचकता प्रस्तुत गरेर अघि बढ्ने असहमतीका बुदा संविधान सभामा दर्ज गराएर अघि बढ्ने ।

अन्ततः बैठकले तेस्रो बुँदा रोज्नुको विकल्प नरहेको ठहर ग¥यो र उत्साहका साथ निर्णय गरेर निर्णय प्रति लिएर शीर्ष नेताहरुको बैठकमा प्रस्तुत भयो ।

कसरी सम्भव भयो यो चमत्कारी सहमती  

आइतबार एकै रातमा सहमतीको संकेत कसरी भयो ? यसमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको भूमिका मुख्य देखिएको स्रोतको दावी छ ।

सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले दुई साता पहिले नै संविधानको मस्यौदा लेख्न अधिकार आफूलाई दिनुपर्ने माग गरेका थिए । तर, यसमा एमाओवादी अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टराई सबैभन्दा बढी सशंकित भए ।

नेम्वाङले केपी ओलीसँग मिलेर माघ ८ मा सफ्ट कु गर्न लागेको प्रचण्ड–बाबुरामले आशंका गरे । त्यसपछि एमाओवादी मोर्चाले आन्दालन सशक्त बनाउने र संविधानसभाभित्रै प्रतिकारमा उत्रने घोषणा ग¥यो ।

तर सभाध्यक्ष नेम्वाङ्गले दलहरुप्रति जनताको वितृष्ण हुने भएकाले एउटा सहमतीको आधार तयार गरेर सबै दलहरुका लागि मान्य हुने विकल्व सहितको संविधानको मस्यौदा अघि सार्ने योजना बनाएका थिए । एमाओवादीले एउटा रहस्य के थाहा पाएन भने सभाध्यक्ष नेम्वाङले मस्यौदा आफूले लेख्ने प्रस्ताव राख्दा एमाले अध्यक्ष केपी ओली झापामा थिए ।

एमालेका कानूनविद नेता अग्नि खरेल पनि झापामा थिए । नेम्वाङले ओली र खरेल कसैलाई पनि यसबारे जानकारी दिएका थिएनन् । तर, एमाओवादीले नेम्वाङको मनशाय बुझेन र ओलीसँग मिलेर सभाध्यक्ष अघि बढ्न खोजेको आरोप लगायो ।
नेम्वाङ निकट स्रोतहरुका अनुसार उनले एमाले कांग्रेसले भनेजस्तै प्रस्ताव अघि सार्न चाहेका थिएनन् । उनी ०६९ जेठ २ को सहमतिमा टेकेर एमाओवादी जनजातिलाई समेत मान्य हुने मस्यौदा लेख्न चाहन्थे । यसो गर्दा नेम्वाङ र ओलीवीच अन्तरविरोध बढ्थ्यो र नेम्वाङको पदसमेत एमालेले धरापमा पारिदिन सक्थ्यो । यही भएर सभाध्यक्ष नेम्वाङले ‘म कालकूट विष पिउन तयार छु’ भनेका थिए ।

एमाओवादी नेता प्रचण्ड र डा. बाबुराम भट्टराईले नेम्वाङलाई केपी ओलीकै कित्तामा राखेर आलोचना गरिरहेका बेला शनिबार एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सभाध्यक्ष सुवास नेम्वाङवीच छुट्टै भेटवार्ता भएको थियो ।

भेटवार्तामा नेम्वाङले आफू कांग्रेस र एमोलको मात्रै नभई सबै दलको साझा सभाध्यक्ष भएकाले सहमती गराउनु आफ्नो दायीत्व रहेको कसम खाएका थिए । उनले उपाध्यक्ष श्रेष्ठलाई पार्टी भित्र सहमतीको भूमिका निर्वाह गर्नेभए सहमतिको विन्दु के हुन सक्छ भन्ने योजना बनाएर अघि बढ्ने प्रस्ता राखेका थिए ।

श्रेष्ठलेपनि एक ठोस योजना बनाएर पार्टीको बैठकमा पहल गर्ने सहमती गरेपछि माथी उल्लेखित विकल्प सहितको योजना बनेको थियो । सभाध्यक्षको योजना अनुशार नै उपाध्यक्ष श्रेष्ठले त्रिपुरेश्वरमा बसेको प्रचण्ड मोर्चाको बैठकमा नेपालबन्द घोषणा गर्ने मोर्चाको कार्यक्रमको आलोचना गरेका थिए । आन्दोलनको साटो मिल्न सक्ने एजेन्डामा सहमतिमा गएर उपलब्धिको रक्षा गर्नुपर्ने श्रेष्ठले धारणा राखेका थिए ।

आइतबार बिहान बसेको बैचारिक बहस व्यवस्थापन समितिको बैठकमा पनि उपाध्यक्ष श्रेष्ठले सभाध्यक्ष नेम्वाङसँग भएको छलफलमा केन्द्रित हुँदै सहमतिको प्रस्ताव राखे । श्रेष्ठको प्रस्तावमा टोपबहादुर रायमाझीले उत्साही हुँदै तत्कालै सहमति जनाए । त्यसपछि महासचिव कृष्णबहादुर महरा, डा. बाबुराम भट्टराई र प्रचण्डसमेत सहमत भए ।

एमाओवादी उपाध्यक्ष श्रेष्ठको प्रस्तावलाई आधार बनाएर अघि बढ्ने निर्णय अनुसार १९ दलीय मोर्चाको बैठक बस्यो र सहमतिको प्रस्ताव पारित भयो ।

अर्कोतर्फ सभाध्यक्ष नेम्वाङले सत्तापक्षका नेताहरुसँग पनि घनिभूत छलफल चलाए । आइतबार चारपक्षीय र बहुपक्षीय छलफल भए, जसले गर्दा सहमतिको वातावरण बन्यो । र, यही सहमतिलाई आज सोमबार दलहरुले अन्तिम रुप दिने छन् । जुन् सहमतीका सन्र्दभमा चमत्कारीक घोषणा हुनेछ ।

सभाध्यक्षको मनासय बुझेरै एमाओवादीले योजनावद्ध रुपमा नारायणकाजीलाई अघि सारेको थियो ।

भmट्ट हेर्दा माओवादी भित्रबाट नारायणकाजी श्रेष्ठ अघि बढेको देखिएपनि अध्यक्ष प्रचण्ड र श्रेष्ठको गोप्य योजना अनुशार नै सभाध्यक्षसँग छलफल चलाइएको स्रोतको दावी छ ।

एमाले, कांग्रेसकै हुवहु प्रस्ताव नभई जनजातिलाई समेत सम्वोधन हुने प्रस्तावको खोजीमा सभाध्यक्ष रहेको सुईको पाएपछि माओवादीले योजनाबद्ध रुपमा नारायणकाजीलाई अघि सारेको थियो । स्रोतका अनुसार एमाओवादी शीर्ष नेताहरुबीको छलफलमा पहिचानको पक्षमा अहिले भइरहेको आन्दोलनको समीक्षा भएको थियो ।

यो आन्दोलन सफल हुन्छ या हुन्न, सफल भएमा माओवादीको स्थान र असफल भएमा माओवादीको अवस्थाका विषयमा गम्भिर रुपमा छलफल भएको थियो । आन्दोलन सफल हुँदा माओवादीले प्राप्त गर्न सक्ने उपलब्धि र असफल हुँदाको क्षतीका बारेमा समिक्षा भएपछि मात्रै सहमतीको विकल्पको तय गरिएको थियो ।

‘आन्दोलन सफल भयो भने प्रदेशहरुको नाम जातीय पहिचान त आउँछ तर, रिक्स फ्याक्टर भनेको मधेसवादी दलहरुले भनेको एक मधेस प्रदेश पनि मान्नुपर्ने हुन्छ, जुन माओवादीलाई स्वीकार्य हुँदैन’ भन्ने शीर्ष नेताको समिक्षा थियो ।

फेरी आन्दोलन सफल भएन भने माओवादीको बार्गेनिङ पावर झन घट्ने भएकाले जनतासँगको लोकप्रियतामा झनै ठेस लाग्ने शीर्ष नेताहरुको अन्तरमुल्याङ्कन पछि सहमतीको विकल्प खोजिएको स्रोतको दावी छ ।

संविधान सभामा सत्तापक्ष कांग्रेस र एमालेले पेलेर प्रक्रिया सुरु ग¥यो भने फेरी हाम्रो हालत के भन्ने विषयमा पनि घनिभूत छलफल चल्यो यस्तो अवस्थामा एमाओवादी संविधानसभाको बैठकमा जाने कि नजाने ?

या बिचैमा संविधान सभा छोडेर हिड्दा हाम्रो हालत के भन्ने विषयमापनि गम्भिर छलफल भएपछि यो विकल्प सहित सभाध्यक्षसँग छलफल चलाउने गोप्य योजना माओवादीका शीर्ष नेताहरुले बनाएका थिए । जब उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सभाध्यक्ष नेम्वाङ्ग समेत एमाले कांग्रेसकै प्रस्तावलाई मात्र हुवहु ढंगले अघि नबढाई जनजातिका नेताहरु समेत खुसि हुने विकल्पका बारेमा सोचिरहेका छन् भन्ने सन्देश नारायणकाजीले पार्टीभित्र पु¥याएका थिए ।

राजनीतिक विशेष रिपोर्ट

सम्बन्धित खबरहरु