काठमाडौ । अमेरिकामा राष्ट्रपति पदमा जो बाइडेन विजयी भइसक्दा समेत चीनले बधाई दिएको थिएन । अझ विज्ञप्ति नै निकालेर बधाई दिने बेला भएको छैन भन्दै गर्दा डोनाल्ड ट्रम्प चीनसँग मिलेर केही त गर्दै छैनन् भन्ने सामान्य प्रश्न उठेको थियो ।

 

तर आखिर भर्खरै चीनलेपनि अमेरिकी भावी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएको छ । चीन डोनाल्ड ट्रम्पको चुनावमा आएको परिणाम अस्वीकारलाई खारेज गर्ने आखिर देश बनेको छ । शुक्रवार बाइडेनलाई विजेता घोषित भएको लगभग एकपछि चीनको विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले डेमोक्रेटिक उम्मेदवार बाइडेन र उपराष्ट्रपति कमला हैरिसको प्रसंशा गरे ।

 

“उनले भने हामी अमेरिकी जनताको रोजाईलाई सम्मान गर्छौ । हामी बाइडेन र श्रीमती हैरिसलाई बधाई ज्ञापन गर्दछौ । “उनले एक नियमित प्रेस ब्रीफिंगमा यसो भनेका थिए । हामीलाई राम्रोसँग जानकारी छ कि अमेरिकी चुनावको परिणाम अमेरिकी कानून र प्रक्रिया अनुसार निर्धारित हुन्छ । यहाँलाई जानकारी गराऔँ सन् २०१६ मा राष्ट्रपति सी जिनपिंगले नै व्यक्तिगत रूपमा ट्रम्पलाई बधाई दिएका थिए । तर बिडेनका लागि भने त्यो भइरहेको छैन ।

 

 

सम्बन्धित खबरहरु