काठमाडौं । पूर्व राष्ट्रपतिबारे एक फैसला सुनाएका न्यायाधीशको मृत्यु भएको छ । पाकिस्तानको इस्लामाबाद पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार सेठ Peshawar High Court Chief Justice Waqar Seth को कोरोना भाइरसका कारण मृत्यु भएको हो । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल (सेवानिवृत्त) परवेज मुशर्रफ former Pakistan president Gen (Retd) Pervez Musharraf) लाई दे’शद्रो’हमा रा’ज्यले सं’सारबाट वि’दा दि’ने फैसला सुनाएका उनको मृत्यु भएको हो ।

उनको त्यहाँको एक निजी अस्पतालमा मृत्यु भएको हो । अधिकारीहरूले शुक्रबार यो जानकारी दिएका हुन् । सेत ५८ बर्षको थिए । पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार उहाँकी श्रीमती र एक छोरी छिन । उनी खैबर पख्तूनख्वा प्रान्तको डिखन जिल्लाका थिए ।

अधिकारीहरूले भने कि सेठ २२ अक्टुबरमा कोरोना भाइरस बाट संक्रमित भएका थिए । पछि उनलाई पेशावरको अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य थप गम्भीर भएपछि उनलाई पछि इस्लामाबादको कुल्सुम अन्तर्राष्ट्रिय अस्पताल लगिएको थियो, जहाँ बिहीबार उनको मृत्यु भयो ।

सेतले जुन २०१८ मा पेशावर उच्च अदालतको मुख्य न्यायाधीशको रूपमा शपथ लिएका थिए । डिसेम्बर २०१९ मा जब उनले एउटा विशेष मुद्दाको सूनुवाई गरेका थिए तब उनी एकाएक विश्वभर चर्चामा आएका थिए । उनले मुशर्रफलाई नोभेम्बर,२००७ मा मुलुकमा आपतकाल लागू भएको दे’शद्रो’हको मु’द्दामा यो सं’सारबाट रा’ज्यले नै वि’दादिनुपर्ने फैसला सुनाएका थिए ।

१९९९ र २००८ बीच पाकिस्तानमा शासन गरेका मुशर्रफ पहिलो सैनिक ता’नाशा’ह’ थिए । मुशर्रफलाई संविधान मिचेको भन्दै दोषी ठहराइएको थियो । जानकारी अनुसार उनी मार्च २०१६ देखि दुबईमा बस्दै आएका छन् । ७४ वर्षीय मुशर्रफले उपचारका लागि पाकिस्तान छाडेका थिए । तर सुरक्षा र स्वास्थ्य कारणहरूको रूपमा उद्धृत गर्दै उनी पाकिस्तान फर्कन मानेका छैनन् ।

सम्बन्धित खबरहरु