काठमाडौं । नेपालमा आज थप १ हजार ९४६ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल कोरोना संक्रमितहरुको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । अर्कोतिर गत २४ घण्टामा थप २ हजार ५०३ जना निको पनि भएका छन् । नेपालमा अहिलेसम्म निको हुनेहरुको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । यो सँगै कुल मृतकहरुको संख्या १ हजार २१५ पुगेको छ । नेपालमा अहिले ३६ हजार ४५२ सक्रिय कोरोना संक्रमित रहेको छ । नेपालले १६ लाख २ हजार ६०३ जनाको कोरोना परीक्षण गरिसकेको छ ।

सम्बन्धित खबरहरु