काठमाडौ । तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको बिल्कुलै नयाँ गीत 'जोगी भए' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।चर्चित उखान, टुक्काहरु समाबेशगरी बनाइएको गीतमा बेनु पी मैनाली ''ईट्टाघरे''को शब्द र दीपक शर्माको संगीत रहेको छ ।

उदयराज पौडेलको एरेन्जमेन्ट रहेको गीतमा सचिन रौनियार सगै लोकप्रिय गायिका मेलिना राइको युगल स्वर रहेको छ । काग तिहारको दिन पारेर शुक्रवार सार्वजनिक गरिएको गीतमा पछिल्लो समयको सर्वाधिक सफल डान्सिङ्ग ग्रुप द कार्टुन क्रुलाइ फिचर्ड गरिएको छ ।

सरोज अधिकारीको कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा पवन सुशलिगको सिनेमाटोग्राफी र सम्पादन रहेको छ । गायक सचिन रौनियारको यस अघिका धेरै गीतहरु दर्शकले रुचाएका छन ।

भिडियो हेर्नका लागि उहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु