काठमाडौ । नेपाली छोरी मनिषा कोइरालामाथी भारतीय अभिनेत्री तथा विश्व सुन्दरी ऐश्वर्या रायको त्यो आरोप नेपाली समाजले स्वीकानै सक्दैन । हुन त अहिले मनिषा मनोरञ्जन क्षेत्रभन्दापनि नीजि र सामाजिक जीवन विताइरहेकी छिन् । तर ९० को दशकको मनिषा माथीको त्यो आरोप स्वीकार्य छैन ।

 

बलिउडमा मनिषा कोइरालाको ९० को दशमा दमदार उपस्थिती थियो । जताततै दवदवा थियो । उनको इश्र्या गर्नेहरु धेरै थिए । त्यो मध्येपनि विश्वसुन्दरी ऐश्वर्या राय उनको प्रधान शत्रु थिइन् । नेपालदेखि आएर मनिषाले गरेको प्रगतिमा उनलाई ठूलो ढाहा थियो ।

 

आज यो प्रशंग कोट्याउनुको कारण के हो भने भारतियहरु जति उच्च स्थानमा किन नपुगुन् । उनीहरुको प्रतिस्पर्धी भयो भने कतिसम गिर्छन् । ऐश्वर्याले मनिषालाई लगाएको एक आरोप त्यही हो भन्न सक्ने आधार भएकाले यो प्रशंग आज यहाँ कोट्याउदै छौ ।

 

मनिषा अहिले नेपालमा विभिन्न सामाजिक र राष्ट्रिय स्वाभिमानका मुद्धाका कारण सम्मानित छिन् । उनै सम्मानित छोरी मनिषामाथी ९० दशकमा ऐश्वर्या रायले मनिषालाई हरेक महिना नयाँ पुरुष चाहिन्छ भनेर आरोप लगाएकी थिइन् । उनी पनि निकै चर्चित हिरोइन थिए ।

 

त्यतिबेला ऐश्वर्या र मनिषाबीचमा ठूलो फाटो थियो जतिबेला राजीव मुलचन्दानी मनिषासँग नजिकिए । सलमान खान र विवेक ओबरोयभन्दा पहिले ऐश्वर्याको पनि राजीव मुलचन्दानीसँग अफेयर थियो तर ऐश्वर्याले यो कुरा कहिल्यै स्वीकार गरिनन् बरु उनले आफ्नो नाम मनिषाले जबरजस्ती राजीवसँग जोडिदिएको तर्क गरिन् ।

 

१९९९ मा ऐश्वर्याले मनिषामाथि निकै गम्भीर आरोप लगाएकी थिइन् र एक म्यागजिनलाई दिएको अन्तरवार्तामा ऐश्वर्याले भनेकी थिइन् ‘राजीव र ऐश्वर्याको सम्बन्ध टुटेको भन्दै एक मिडियामा समाचार आएपछि मैले यसबारे राजीवलाई सोधेकी थिएँ ।

 

राजीव मेरो राम्रो साथी हुन् र म राजीव र मनिषाको लभस्टोरीमा दखल दिन चाहन्न । त्यतिबेला मैले थाहा पाएँ कि राजीव र मनिषा छुट्टिइसकेका छन् । मनिषा अर्कै युवकलाई डेट गर्दै थिइन् । मनिषा हरेक महिना नयाँ केटासँग हुन्थिन् ।

 

ऐश्वर्याले अगाडि भनिन् ‘समय बित्यो, म मिस वल्र्डको तयारीमा लागें । मिस वल्र्ड भएपछि म भारत आएँ र मनिषाको तमिल फिल्म बाम्बे हेरें । १ अप्रिलमा म मुम्बइ पुगें त्यही बेला राजीवले मलाई फोन गरे । मैले राजीवसँग भनें कि मनिषाले बाम्बेमा राम्रो काम गरेकी छिन् म उनलाई बधाइमा फूल पठाउन चाहन्छु ।

 

मेरो कुरा सुनेर राजीव हाँसे र मलाई उल्टै सोधे कि अखबार पढेकी छैनौ ?’ त्यतिबेला समाचारमा मनिषाको हवाला दिँदै लेखिएको थियो कि मनिषाले राजीव मुलचंदानीले ऐश्वर्यालाई लेखेका केही चिठी भेट्टाएकी थिइन् । चिठी राजीवकै ह्याण्डराइटिङमा थिए । त्यसपछि यी दुईको सम्बन्ध राम्रो हुन सकेन । एजेन्सी

 

 

सम्बन्धित खबरहरु