गाई अर्थात् आमा
हजुरबुबा को पनि बुबाको पाला मा २१ वटा गाई थियो रे घरमा
अनि हजुरबुबा को पालि मा ७ वाट मा आयो….रे
अहिले पिता जि को पाला मा भन्नु भने भन्न सम्म लाज लाग्छ।

मेरो वल्लो पल्लो दुवै गाउँभरि नै गाई छैनन् ।

खै कहाँ हराए हाम्रो राष्ट्रिय जनावर “गाई”???

यति मात्र हो र हामी १ वर्षको हुदाँ आमा मेला पात मा जानु हुन्थ्यो।
घरमा बस्नुहुने बुढो भईसकेको हजुरबुबा को पनि बुबा ले उहि मालि गाईको दुध खुवाएर हुर्काउनु भएको भुलेको हो हामी सम्पूर्ण ले??

अझै यो पछिल्लो समयमा हामी मानवमा सुखका केहि हाँगाहरू पलाएर घरमा भएका एउटा सानि बाछी सम्म पाल्न नसकेर लैजाने मान्छे खोजिरहेको देखिन्छ। आखिर किन?

के सारहै अल्छि भएका पाल्न नसक्ने भनु भने कसरी पालियो त पहिले त्यहिँ घरमा २१ वटा सम्म गाई??

अनि कि त्यति बेला का गाईहरु लाई चाहिँ सिहार सुसार गर्नुपर्दैन थियो हो??

हुन त आफ्नै कोखबाट जन्म दिएकोको छोरालाई त घरमा राख्न गाह्रो भयो भनेर बालआश्रम पठाउने पनि यहिं छन् ।
अब गाई पाल्न त धेरै परको कुरा न भयो।

“आज त्यो सयौं हुलमा बिभिन्न रङ्गका गाई चर्ने फाँटहरू मा बिभिन्न प्रकारका रङ्गिबिरङगि घाँस हरुले ति गाईका सम्झनामा
दिन रात छटपटाइरहेका दृश्य देख्दा मनमा भक्कानो फुटेर आउँछ।”

ति फाँटमा देखिएका गाईहरु का हुलका दृश्य सम्झिदाँ फाँट नै छाडेर जान मन नलाग्ने मलाई आज त्यो रित्तो बिना गाईका फाँटहरू किन सम्झन पनि मन लाग्दैन???

हिजो आज म मेरो गाउँ का साईलो दाईको घरमा मेरी कान्छी ले दिन रात आफु महिनावारी भएको बेला पनि आफ्नो शरीरको कुनै प्रभाह नगरी घाँस काटेर खुवाएकी ति काली गाईलाई आज सहरमा म हरेक दिन “बिना गोठ बिना फाँट” भेटि रहेको हुन्छु।

म सँग घाँस त नहोला तर म आफुले खाजा खान लिएर आएको २० रुपैयाँ को हरियो सागसब्जी किनेर दिनहुँ त्यो कान्छीको काली गाईलाई दिइरहेको हुन्छु।
बिचरी उसलाई पनि बानी परेर होला सधैं मेरो स्कुल जाने बाटो मा मेरो बाटो कुरेर बसिरहेकी हुन्छिन् उनी।

कसरी आयो त मेरो १०७ किलोमिटर परको गाउँ को एउटा सानो गोठमा फाँट मा रमाइ रमाइ खेल्ने गाई आज यो ठुलो घर भएर पनि साना साना मन भएका हरुको सहरमा ???

होला गाउँ मा काम गर्ने मान्छे छैन
होला सबै वृद्धा भए होला तर …..!…..!

कतै ” हामि गाई लाई आमा सम्झिएर पुज्ने हरुले यसरी ने सबै आमा(गाई) गुमाउनु पर्यो भने”??…………

सम्पुर्णमा गाई तिहारको हार्दिक मंगलमय शुभकामना

✍️सुजन बस्नेत

सम्बन्धित खबरहरु