काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीको हातबाट टिका ग्रहण गरेका छन् । भाइटीकाको अवसरमा प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा बहिनी कौशल्या कोइरालाको हातबाट टिका ग्रहण गरेका हुन् ।

कौशल्याले आफ्ना दाजु ओली तथा र भाउजु राधिकालाई पनि टीका लगाइदिएकी हुन् । त्यस्तै, ओलीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिए । कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै रहेकोले एक मात्रै बहिनीले भाइ टीकाको अवसरमा प्रधानमन्त्रीलाई टीका लगाइदिएका हुन् ।

फोटोहरु : प्रधानमन्त्रीको प्रेस सल्लाहकारबाट

सम्बन्धित खबरहरु