काठमाडौ । अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका जो बाइडेनले अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएर बहुमत प्राप्त गरेका छन् । उनले बहुमतका लागि आवश्यक इलेक्टोरल भोट हासिल गरिसकेका छन् ।
You are looking at BALLOTS! Is this what our Country has come to? pic.twitter.com/cI2ZTItqUi
— Donald J. Trump (@realDonaldTrump) November 11, 2020
चुनावको नतिजापछि ट्रम्पले लगातार भोट गणनामा धाँधली भएको आरोप लगाउँदै पुन गणना भए आफै विजयी हुने घोषणा गरिरहेका छन् । उनी अहिलेसम्मपनि हार स्वीकार गरिरहेका छैनन् । ट्रम्पले केही दिन अघि चुनावमा धाँधली भएको र यो भिडियो नै प्रमाण भएको भन्दै सेयर गरेका थिए । तर त्यो भिडियो नै फेक भएको पुष्टि भएको छ ।
सत्य के हो ?
यो भिडियोको सत्यताका बारेमा भारत र अमेरिकाका मिडियाले सत्यत्ता पत्ता लगाउन अनुशन्धान गरे । मिडियाले यो भाइरल भिडियोको पृष्ठभूमिमा बजिरहेको आवाजको ध्यानले सुनियो । त्यो आवाज मतदान स्थलको जस्तो कदापी छैन ।
हुलाकमा पोस्टल मतपेटिका तयार गरिरहेको भिडियो बनाइरहेकी महिला आवाज दिन्छिन् की यो पोस्टल ब्यालेट हो । प्रमाणका लागि ति महिलाले आफ्नो आईडी कार्डपनि देखाउँछिन् ।
ट्रम्पभन्दा पहिले यो भिडियो कयौँ ट्वीटर यूजर्सले चुनाव धाँधली भएको दावी गर्दै पोष्ट गरेका छन् । लस एन्जिल्सका कन्ट्री रजिस्ट्रारले यो दावीको जवाफ दिएका छन् । रजिस्ट्रारले जवाफमा भनेका छन् । कुनैपनि मतपेटिकाको संकलन छुटेको छैन । भिडियोमा देखाइएको मतपेटिका हाम्रो रजिष्ट्रेशनमा छैन । यो बनाइएको हो ।
मतपेटिकाको चुनावकै रात ८ बजेभित्र सिल गरिएको थियो । यो भन्दा अघिल्लो दिन नै विभिन्न ठाउँबाट संकलित मतपेटिका सिलसहित नै आएका छन् । कुनैपनि मतपेटिका छुटेका छैनन् । भाइरल भिडियोमा देखाइए जस्तै कुनैपनि मतपत्र छुटेको छैन ।
No missed collection. The Drop Boxes are closed and locked at 8PM on Election Night and then collected the following day. These are valid ballots that will be processed and counted during the post election canvass just as ballots received with a valid, timely post mark.
— Los Angeles County Registrar-Recorder/County Clerk (@LACountyRRCC) November 5, 2020
हामीले मतपेटिका अघिल्लो दिन नै गणना गरेर एक ठाउँमा सुरक्षित गरिसकेका थियौँ । यो भिडियो खिचिएको भोलिपल्ट छ । यसैले यो भिडियो फेक हो । ट्रम्पको दावी फेक हो । कुनैपनि कानूनी प्रक्रियामा गएपनि उनले प्रमाण पुर्याउन सक्दैनन् ।