काठमाडौ । हात गोडा नै सक्षम नभएका एक किसानको मेहनत र कर्म हेर्दा हामी जो कोहीलाई निशब्द बनाउँछ । अनि हात गोडा भएरपनि अरुलाई छलकपड गरेर पेट पाल्नेहरु यो भिडियो हेर्दा लाजले मुन्टो अवश्य लुकाउनुपर्नेछ ।

 

देशलाई अघि बढाउन, आफ्नोसँगै अरुको पेट भर्ने अन्न फलाउन एक किसान जस्तो मेहनत गरिरहेका छन् । सायद यो दुनियाँका लागि प्रेरणादायी छ । सायद परिश्रमी किसानलाई यही कारणपनि अन्नदाता भनिएको हो । यो भिडियो सुशान्ता नन्दाले सेयर गरेका छन् ।

 

उनी भारतका आईएफएस अफिसर हुन् । भिडियोमा देख्न सकिन्छ की यी किसान जो शारीरिक रुपमा असक्षम छन् । तरपनि उनी खेतको माटोमा खन्ने काम गरिरहेका छन् । उनको ट्याक्टर नजिकै छ । उनी ट्याक्टर भन्दा केही तल खेतमा काम गरिरहेका छन् ।

 

उनका दुबै खुट्टा असक्षम छन् । हातपनि असर्मथ छन् । तर सक्षम मानिस बराबर काम गरिरहेका छन् । यो सिर्फ भिडियो बनाउँन गरिएको काम हैन । यो उनको दैनिकी हो । यसैले काममा अभ्यस्त छन् । उनलाई लाग्दैन की उनका साथमा दुबै गोडा असक्षम छन् ।

https://twitter.com/susantananda3/status/1328223459042684933?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1328225110843551744%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fnavbharattimes.indiatimes.com%2Fviral-adda%2Fvideo%2Fsocial-masala%2Fdisable-farmers-are-farming-in-his-land-video-will-motivate-you-47662%2F

 

यो भिडियो देखेपछि अहिले दुनियाँभरीका सामाजिक सञ्जाल प्रयोगकर्ताले आफु निशब्द भएको लेखिरहेका छन् । उनका लागि सम्मानका शब्दहरु दिइरहेका छन् । किसानको यो भिडियो निक्कै नै भाइरल भएको छ । भिडियो मधु मिथाले लिएका छन् । उनी पेसाले आईएफएस अफिसर हुन् । उनले नै यो भिडियो सेयर गरेकी थिइन् ।

https://twitter.com/IfsMadhu/status/1306592938688827392

 

उनी लेख्छिन् । कुनैपनि शब्द यो भिडियोका लागि न्याय गर्न सक्दैन ।’ भिडियोमा तपाई आफै देख्न सक्नुहुन्छ की एक अशक्त व्यक्ति आफ्ना गोडा बैसाखीको सहारामा राखेका छन् र उनी खेतमा काम गरिरहेका छन् । उनीसँग एउटा खुट्टा पूर्ण रुपमा नै छैन अर्को खुट्टा अशक्त छ । तरपनि उनी सक्षम मानिस जसरी नै काम गरिरहेका छन् । यसैले किसानलाई सल्यूट ।

 

 

सम्बन्धित खबरहरु