स्याङ्जा । अरिङ्गालको टो'काइबाट स्याङ्जामा एक बालिकाको निधन भएको छ । सोमबार दिउँसो भाइटिका लगाउन जाने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैह्रे शर्मा ‘पारस’ की छोरी अतिथि शर्माको अरिङ्गालले टोकेर निधन भएको हो ।

 

 

पुतलीबजार नगरपालिका–१४ स्थित लामागे निवासी अतिथिलाई माथिल्लो घरबाट तल्लो घरमा भाइटिका लगाउन जाँदा अरिङ्गालले टोकेर घाइते बनाएको थियो ।

 

अतिथिको पोखरास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा निधन भएको बोगटीले बताए । मृतक अतिथिको मङ्गलबार पोखरामा दाहसंस्कार गरिएको छ ।

 

सम्बन्धित खबरहरु