काठमाडौ । धनुषा, विदेह नगरपालिका-४ बस्ने ३९ वर्षीय मनोज विराजी यादव आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

कास्की, रुपा गाउँपालिका-५ बेतानीस्थित कुखुरा फर्ममा काम गरी बस्ने बाँके कोहलपुर घर भएका ४९ वर्षीय गोपाल राई फर्म नजिकै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

रौतहट, गौर नगरपालिका-१ गौर-बैरगनिया सडक छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता ललितपुर, गोदावारी नगरपालिका-१२ धापाखेल बस्ने हृदय बहादुर घिमिरेको घरबाट सुनका विभिन्न गरगहना र मोती डाईमनको गरगहना समेत गरी करिब ३० लाख ७० हजार रुपैयाँ बराबरको धनमाल सोमबार चोरी भएको छ ।

यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-५ लुभु शितलहाइट बस्ने बालकृष्ण मगरको टहराबाट नगद १ लाख रुपैयाँ, चाँदीका गरगहना लगायत अन्य सरसामान गरी करिब १ लाख ३ हजार ८ सय ५० रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।

सिरहा, सिरहा नगरपालिका-५ खर्सलवा बस्ने राम दयाल ठाकुर र परमेश्वर महतोको घरबाट सुन तथा चाँदीका गरगहना गरी करिब ५ लाख रुपैयाँ बराबरको धनमाल सोमबार चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु