काठमाडौं । सरकारले बैंकबाट निकाल्न मिल्ने रकम निर्धारण गरेको छ । भारतको केन्द्र सरकारले लक्ष्मी विलास बैंकबाट रकम निकासीको सीमा तोकेको हो । बीबीसीका अनुसार यो सीमा अर्को महिना अर्थात १६ डिसेम्बरसम्मका लागि तय गरिएको छ ।

 

त्यो बेलासम्म बैंक खातावालाहरूले अधिकतम भारु २५ हजार रुपैयाँ खाताबाट निकाल्न सक्ने भएका छन् । केन्द्र सरकारले यो निर्णय रिजर्व बैंकको सिफारिसमा गरेको हो । केन्द्र सरकारका अनुसार केही परिस्थितिमा खातावालाहरूले २५ हजार रुपैयाँभन्दा बढी निकासी गर्न सक्दछन्, तर यसको लागि तिनीहरूले रिजर्व बैंकबाट अनुमति लिनु पर्छ ।

 

अनुमति बिरामीको उपचार, उच्च शिक्षा वा विवाह खर्चको लागि लिन सकिन्छ । यसैबीच रिजर्व बैंकले लक्ष्मी विलास बैंक लिमिटेड (एलवीबी) र डीबीएस बैंक इन्डिया लिमिटेडको मर्जको लागि योजना तयार गरेको जानकारी दिएको छ । लक्ष्मी विलास बैंकको पहिलो पीएमसी र येस बैंकबाट रकम फिर्ता लिन यस्तो रोक लगाइएको थियो ।

 

लक्ष्मी विलास बैंक एक वाणिज्य बैंक हो । यस बैंकका ५६३ शाखा र ९७४ जति एटीएम स्टेशनहरू रहेका छन् । रिजर्व बैंकले निजी क्षेत्रको लक्ष्मीविलास बैंकको निर्देशक समितिको ठाउँमा प्रशासक नियुक्त गरेको छ ।

 

 

सम्बन्धित खबरहरु