काठमाडौं । पाकिस्तानमा अल्पसंख्यकहरुलाई दबाउने गरेको आरोप भारतले पटक–पटक लगाउने गरेको छ । इस्लामीक देश पाकिस्तानमा, हिन्दू र मुसलमानहरू सँगसँगै बस्छन् भन्दा जुनसुकैलाई अझ भारतीयहरु चकित पर्न सक्छन् ।

अल्पसंख्यकहरूमाथि धर्म परिवर्तनको दबाब आउने गरेको खबर मिडियामा सधैं शीर्षकको रुपमा रहन्छ । तर पाकिस्तानमा हालै फेला परेको एक बहरले सबै भ्रमको अन्त्य भएको छ । तपाईलाई यो कुरा जानेर रोचक लाग्न सक्छ, त्यो शहरमा मुस्लिमहरुको तुलनामा हिन्दुहरुको बढी जनसंख्या रहेको छ ।

यस शहरको नाम मिठी हो, जुन मिठी थारपारकर जिल्लामा अवस्थित रहेको छ । यो शहर पाकिस्तानको लाहोरबाट करीव ८७५ किलोमिटर टाढा छ, जबकि गुजरातको अहमदाबादबाट ३४० किलोमिटर टाढा छ। यस शहरमा हिन्दू–मुस्लिम एकताको अद्वितीय उदाहरण देखिन्छ।

मिठीको कुल जनसंख्या करीव ८७ हजार छ, जसमा करीव ८० प्रतिशत मानिसहरु हिन्दु छन्, जबकि पूरै पाकिस्तानमा ९५ प्रतिशत मुस्लिम छन् । भनिन्छ कि यस शहरमा जब कुनै धार्मिक उत्सव वा सांस्कृतिक कार्यक्रम हुन्छ, दुबै हिन्दू र मुस्लिम धर्मका मानिसहरु यसमा भाग लिन्छन्।

जानकारी अनुसार यस शहरमा हिन्दू र मुस्लिमहरू तिहार र ईद पनि सँगै मनाउँछन्। मिठीमा, हिन्दूहरू मुहर्रमको जुलूसमा भाग लिन्छन् र कहिलेकाँहि मुस्लिमहरूसँग रोजा पनि राख्छन् । त्यहि समयमा हिन्दु धर्मको सम्मान गर्ने क्रममा त्यहाँका मुस्लिमहरुले गाईको पुजा पनि गर्छन । तिनीहरूले गाईको मासु खाँदैनन् ।

यो शहरमा दुई नम्बरी कामको दर पाकिस्तान मा अन्य शहरहरु भन्दा धेरै कम छ । यहाँ दुई नम्बरी काम दर दुई प्रतिशत मात्र हो र सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि यहाँ धार्मिक असहिष्णुता कहिल्यै देखिएको छैन।

यस शहरमा थुप्रै मन्दिरहरू पनि छन् जसमध्ये सब भन्दा प्रसिद्ध श्री कृष्ण मन्दिर हो। भनिन्छ कि जब हिन्दूहरू त्यहाँको मन्दिरमा पूजा गर्छन्, तब वक्ता अजानको लागि चर्को आवाजमा स्पीकर बजाउँदैनन् । नमाजको समयमा मन्दिरमा घण्टी पनि बजाउँदैनन् ।

मुसलमानहरुका अनुसार भारतीय सेनाले १९७१ को भारत–पाकिस्तान लडाँईमा मिठी पुग्दा उनीहरू त्यहाँबाट राति भाग्नुपरेको थियो । यद्यपि पछि यहाँ बस्ने हिन्दूहरूले उनीहरूलाई फेरि त्यहाँ नै बस्न राजी गराए, पछि तिनीहरू फेरि त्यहाँ बस्न थालेका हुन् ।

सम्बन्धित खबरहरु