काठमाडौं । आजको दुनियाँमा गरिबी भन्दा अर्को कुनै ठुलो संकट मान्छेहरु देख्दैनन् । नेताहरुले पनि हरेक पटक गरिबी निवारण गर्ने बाचा गर्ने गरेका छन् । तर गरिबहरुले आफ्नो कष्टकर जीवन अहिले पनि बाँच्नु परिरहेको छ ।

 

विश्वका धेरै देशहरुमा गरिबी एक आम समस्या भैसकेको छ । गरिबलाई समाजमा बाँच्न पनि धेरै गाह्रो छ । समय–समयमा आर्थिक बोझ र सामाजिक रुपमा हुने अ'पमान स'हन न'सकेर जी'वनबाट वि'श्राम लिएका घटनाहरु पनि आइरहेका हुन्छन् । यस्तै एक सबैको मन रुवाउने घटना अहिले भारतबाट आएको छ ।

 

सोमबार राति रायपुरमा एक जना युवकले आफ्नी आमा, पत्नी र दुई छो'राको जी'वन स'माप्त पा'रेपछि आफु पनि यो सं'सारबाट वि'दा भएका छन् । यो घटना अभनपुरको केन्द्री गाउँको हो । छिमेकीहरूले मंगलबार बिहान घटनाबारे जानकारी दिएका हुन् । हालसम्म यस घटनाको कारण थाहा हुन सकेको छैन । गाउँलेहरूले दिएको जानकारी अनुसार परिवारभित्र नै बढ्दै गएको रोगका कारण उनीहरु चिन्तित थिए । छत्तीसगढका गृहमन्त्री ताम्रध्वज साहूले उक्त घटनाको छानबिनको आदेश दिएका छन् ।

 

रायपुरका एसएसपी अजय यादवले केन्द्री गाउँमा बस्ने कमलेश साहूले आफ्नी श्रीमती, आमा र दुई छो'राको जी'वन स'माप्त पा'रेर आफु पनि यो सं'सारबाट स'दाका लागि विदा भएको घटनाको पुष्टि गरेका छन् । गाउँलेहरूको सूचनामा प्रहरीले कमलेशको लाश फेला पारेको थियो । उसकी आमा, पत्नी र दुवै बच्चाहरूको लाश भु'ईंमा रहेको थियो ।

 

एसएसपीका अनुसार गाउँका मान्छेहरुले प्रहरीलाई परिवारका सदस्यहरू कुनै बिरामीले व्याकुल भएको भनेका छन् । यो घटना हुनुको पछाडि यो विषय पनि कारणका रुपमा रहेको हुनसक्ने जनाइएको छ । यद्यपि प्रहरी कुनै पनि निष्कर्षमा पुग्न सकेको छैन ।

 

राज्यका गृहमन्त्री साहूले यस घटनाको छानबिनको आदेश दिदैँ भनेका छन, ‘एकै परिवारका ५ जना व्यक्तिको मृत्यु हुनु ठूलो कुरा हो । मैले घटनाको सब भन्दा चाँडो पत्ता लगाउन भनेंको छु । छिमेकीका अनुसार उनीहरुमा रोग लागेको थियो । आमा दमको रोगी थिइन् । छोरो मुटुको रोगी थिए । उपचार गर्न त खानका लागि समेत उनीहरुलाई खर्च धान्न धौ धौ थियो । घटनाको कारण यही पो होकी ।

 

 

सम्बन्धित खबरहरु