काठमाडौं । क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको आधिकारिक इन्स्टाग्राम खाताले बिकिनी मोडलको फोटो मनपराएको प्रमाण फेला परेको छ । सामाजिक सञ्जालमा प्रयोगकर्ताद्वारा लिइएको स्क्रिनसटले उनको खाताले उक्त तस्विर मन पराएको देखाउँदछ । डेली मेलका अनुसार पोपले नतालिया गारीबोट्टोको तस्विर मन पराएका हुन् ।

 

ब्राजिलियन मोडेल नतालिया गैरीबोटोको तस्विर मन पराएका पोपको अहिले चर्को आलोचना पनि भइरहेको छ । स्कूलको पोशाकमा देखा परेकी मोडलको तस्विर एकदमैं अपाच्य खालको रहेको छ । तस्विरले देखाउँदछ कि मिस गैरीबोटोले एक छोटो टार्टन स्कर्ट लुगा लगाएकी छिन् जब कि पुस्तकहरू लकरमा प्याक गर्दै गरेको देखिएको छ ।

 

पोपको आधिकारिक खातासहित उक्त तस्विरमा १ लाख ३३ हजार भन्दा बढी लाइक रहेका छन् । चर्च गुरुसहित २७ वर्षीया ब्राजिलियन मोडलको तस्विर धेरैले मन पराएका छन् । मिस गरिबोट्टोले राम्रो हास्यास्पद रुपमा लिदैँ आफ्नो ट्विटरका अनुयायीहरूसँग ‘भ्याटिकनको लागि’ जाँदै गरेको भन्दै ठट्टा गरेकी छिन् ।

 

उनले बार्स्टोल स्पोर्ट्सलाई भनिन्, ‘मेरी आमाले मेरो यो तस्विरलाई घृणा गर्न सक्नुहुन्छ तर पोप डबल–ट्याप (लाइक) गर्दैछ ।’ त्यस पछि ट्विटरमा लेख्दै भनिन्, ‘भ्याटिकन जाँदा बाटोमा मलाई केही तस्विर लिने बिचार आयो । त्यही बिचार यहाँसम्म लाइक हुन पुग्यो । कम्तिमा अब म स्वर्ग जान्छु । यदि पोप फ्रान्सिसलाई मन परेको तस्विर बन्यो । तपाईंले पनि हेर्नुस् है ।

 

सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले रमाइला प्रतिकृयाहरु पनि दिइरहेका छन् । एकजना लेख्छन्, ‘अब यो मेरो प्रकारको पोप हो ।’ कोलिन लिटलले लेखे, ‘मेरो सृष्टिकर्ताको प्रशंसा गर्ने मेरो सृष्टिले उहाँलाई एक्लै छोडिदिन्छ ।’ पोपका तर्फबाट अहिलेसम्म उक्त कार्य गल्ती थियो वा थिएन स्पष्ट पारिएको छैन ।

५ अक्टुबरमा पोस्ट गरिएको तस्विरको क्याप्शनमा भनिएको छ, ‘म तपाईंलाई एक वा दुई चीज सिकाउन सक्छु । मेरो साइट मा मेरो अक्टूबर शूट हेर्न को लागि तपाईं प्रतीक्षा गर्न सक्नुहुन्न ।’ इन्स्टाग्राम उनका दुई लाख भन्दा बढी अनुयायीहरू रहेका छन् । पोपको नाम जर्ज मारियो बर्गोग्लियो हो । उनको जन्म १७ डिसेम्बर १९३६ मा भएको थियो ।

 

उनी अहिले भ्याटिकन सिटीमा रहेको क्याथोलिक चर्चका २६६औं पोपको रूपमा १३ मार्च २०१३ मा निर्वाचित व्यक्ति हुन् । उक्त पदमा निर्वाचित भएपछि हाल उनी चर्चको प्रमुख तथा विश्वको सबैभन्दा सानो राष्ट्र भ्याटिकन सिटीको शासकसमेत रहेका छन् ।

 

 

सम्बन्धित खबरहरु