काठमाडौं । हिन्दु धर्म र गाईको राजनीति गर्दै आएको भन्ने आरोप खेप्दै आएको भारतीय जनता पार्टी (भाजपा) ले एक महत्वपूर्ण निर्णय गरेको छ । भारत, मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले बुधबार घोषणा गरे कि राज्य सरकारले गाई मन्त्रालय गठन गर्ने निर्णय गरेका छन् ।

चौहानले पशुपालन, वन, पञ्चायत, ग्रामीण विकास, गृह र किसान कल्याण विभाग घोषणा गरेका हुन् । राज्यमा गाईको संरक्षण र सम्बर्द्धनका लागि गाई मन्त्रालय स्थापना गर्ने निर्णय भएको छ ।

पशुपालन, वन, पञ्चायत र ग्रामीण विकास, राजस्व, घरेलु र किसान कल्याण विभाग गाई मन्त्रालयको एक हिस्सा हुनेछ । मुख्यमन्त्रीले ट्वीटमा भनेका छन्, ‘पहिलो बैठक नोभेम्बर २२ दिउँसो १२ बजे गौशालामा आगर मालवाको गोपाष्टमीमा हुनेछ ।’

सम्बन्धित खबरहरु