काठमाडौं । यस्तो दिन कहिलै कसैकोपनि नओस् । कमाउन हङकङ पुगेका ७ जना नेपालीको एकैपटक निधन भएको छ । यो खबरले नेपाल र प्रवासमा रहेका नेपालीहरु स्तब्ध भएका छन् । जन्मदिन मनाउने क्रममा फैलिएको आगलागीबाट ज्यान गुमाएका ७ जनाकै परिचय खुलेको छ ।

 

हङकङको एक रेस्टुरेन्टमा आइतबार राति भएको आगलागीमा सात नेपालीको मृत्यु भएको थियो । मृतकमध्ये एकै परिवारका चार जना पनि रहेका छन् । जन्मदिनको पार्टी मनाइरहँदा क्यान्टोन रोडस्थित रेस्टुरेन्टमा सो घटना भएको हो ।

 

एकै परिवारका ४ जनाहरुमा बागलुङको काठेखोला गाउँपालिका–६ का ३८ वर्षीय युवराज कँडेल, उनकै १३ वर्षकी छोरी कृतिका, युवराजकै बहिनीज्वाइँ ३५ वर्षका राजबाबु नेपाल र उनका ९ वर्षका छोरा रायन रहेका छन् । युवराजका दाइ भने क्यानडाबाट हङकङ गएर क्वारेन्टाइनमा बसेकाले घटनाबाट जोगिन सफल भएका हुन् ।

 

मृतक कँडेलका बाबुआमा पनि एक महिनादेखि हङकङ जाने तयारीमा थिए । तर कोरोना महामारीका कारण जान पाएनन् । घटनामा उनीहरूकै नाताका १८ जना घाइते भएका छन् । घटनामा सागर कँडेलसहित उनको परिवारका अरू तीन जना पनि गम्भीर अवस्थामा छन् ।

 

तीन दिनदेखि उनीहरूको होस नखुलेको बताइएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीमा परेर ज्यान गुमाउने थप तीन जना शेरबहादुर गुरुङ, अनिता निरौला र विनिता तामाङ रहेका छन् । आगलागीको कारण अहिलेसम्म खुलेको छैन ।

 

[caption id="attachment_310126" align="alignnone" width="422"]7 Nepalis killed in Hong Kong fire 6 Fire raging at the Jire Khursani restaurant on Canton Road in Hong Kong’s Yau Ma Tei on 15 November. Photo: ONLINE[/caption]

[caption id="attachment_310127" align="alignnone" width="538"]7 Nepalis killed in Hong Kong fire 6 Wounded being rushed to hospital. Photo: ONLINE[/caption]

[caption id="attachment_310128" align="alignnone" width="633"]7 Nepalis killed in Hong Kong fire 6 Among the dead were Raju Nepal and his son, Rayan.[/caption]

[caption id="attachment_310129" align="alignnone" width="1738"]7 Nepalis killed in Hong Kong fire 6 Owner Mukesh Shrestha was critically injured, and his wife Binita Tamang was killed in the fire.[/caption]

[caption id="attachment_310130" align="alignnone" width="1600"]7 Nepalis killed in Hong Kong fire 6 Reporters covering the fire. Photo: Dambar Krishna Shrestha[/caption]

[caption id="attachment_310131" align="alignnone" width="1000"]7 Nepalis killed in Hong Kong fire 6 The burnt out remains of the restaurant the next morning. Photo: Jagat Ambu[/caption]

आजका प्रख्यात स्टोरीहरु

https://www.janaboli.com/post/310115

सम्बन्धित खबरहरु