काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोालएको मन्त्रिपरिषद् बैठक भर्खरै सकिएको छ । लकडाउन बारे छलफल गर्न बैठक बोलाइएको थियो । देशभरीबाट आएका सुझाव सहितको प्रस्ताव मन्त्रिपरिषद्
पुर्याइएको थियो ।

 

छठपछि लकडाउन भन्ने बारे सरकारले आधिकारीक धारणा दिने भन्ने बुझिएको थियो । तर औपचारिक निर्णय केही भएन । आजको बैठक औपचारिकतामै सीमित भयो । नेकपा सचिवालय बैठकलगत्तै बालुवाटारमै बोलाइएको बैठक औपचारिकतामै सीमित भएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार बैठकमा केही दैनिक प्रशासनिक विषयमा निर्णय गर्नुबाहेक अरू केही निर्णय भएनन् ।

 

नेकपाभित्रको विवाद उत्कर्षतिर पुगेको बेला प्रधानमन्त्री ओलीले एकाएक बुधबार बिहान दिउँसो २ बजेपछि बस्नेगरी बैठक राखेका थिए । कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो आलोचना गर्दै प्रस्ताव ल्याएपछि चिढिएका ओली बैठकको पक्षमै थिएनन् भने इतरपक्षमाथि दवाव बढाउन उनले एकाएक क्याबिनेट बैठक बोलाएको हुन सक्ने एक मन्त्रीले बताए ।

ओलीले अफ्ठ्योरोमा पार्न खोजिए दल विभाजनसम्बन्धी प्रस्ताव क्याबिनेटमा ल्याउने हल्ला चलाउँदै सोही अनुसार बैठक बोलाएको ती मन्त्रीको भनाइ छ ।

 

 

सम्बन्धित खबरहरु